Skip to content

बत्तिमुनिको अँध्यारो


मेरो भोगाईसँग
सर्वथा अपरिचित
यो तिम्रो अनभिज्ञता
स्वाभाविक हो या
तिम्रो कुनै अभिनय
हेराई मात्रले
जहाँ अरुलाई दुख्छ
तटस्थ बनेर
घाउमा ओखति हैन
बरु नूनचूक छरेका छौ
सुकेको हाँगोमा झैं केही नउम्रने
तिम्रा सम्वेदनाहरु !
उदाँगो रातताराहरु केलाएर
जूनकिरीहरुको उज्यालोमा
मैले चाहेर पिन
घाम उदाउन सक्दैन
कोठाभित्र आउने
एक टुक्रा जुनेली पिन
उपेक्षाको कालो पर्दामा
तिमीले छेकेका छौ ।

मेरा आँसुसँग
बगेका पहिराहरुमा
तिमी बगेनौ दुःखले
आत्तिएनौ मेरा आर्तनादहरुमा
निर्निमेष हेरिरह्यौ
म पुरिएको ।
सहानुभूति ओढेर यताउता
अरुका पुराना खतहरुमा समेत
दुखेको अनुभूति गराउँदै
तिमी रोयौ र छाड्यौ
अनगिन्ति सान्त्वनाका धापहरु ।
यति आसन्न तिम्रो छेऊ
तर पनि छोएन मेरा दुःखले
पग्लिएनौ तिमी जम्नुबाट
ममेरो पीडा
शायद तिम्रो लािग
बत्तिमुनिको अँध्यारो ।

1 thought on “बत्तिमुनिको अँध्यारो”

  1. सुषमाजी, बडो राम्रो लाग्यो ।
    सुषमाजी, बडो राम्रो लाग्यो । शब्द चयन धेरै राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *