Skip to content

सुषमा मानन्धर

गजल

पिए झैं गरेकी हुँ ,पिएर मातेकी छैन हजुर
अरुलाई जस्तो तपाईंलाई ढाँटेकी छैन हजुर
आफ्नो र परायामा फरक त हुने नै भो
हजुरको माया अरुसँग साटेकी छैन हजुर ।

” जान्दिनौ तिमी ” भन्न किन छाड्नु हुन्न

आँखामा तीन मुक्तकहरु

परेलीका डीलहरुमा उर्लेर खुशीले
कहिलेकाँही आँखामा फुलेका छन
मेरा आसुँ
ब्यथामा पिल्सिएर कैले भने
आँखामै सुकेका पनि छन्
मेरा आसुँ ।

मलाई के ?

  • by

झुठो कसम खाँदै तोड्छौ भने मलाई के ?
सवै कुरा जानेर सोध्छौ भने मलाई के ?

नबुझ्नेलाई पो बुझाउन सजिलो हुन्छ
अबुझ बनी बुझ पचाउँछौ भने मलाई के ?

केही मुक्तकहरु

आउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा
तिम्रै मीठो गीत छ
तिम्रै नाममा धड्किन्छन स्पन्दन
तिम्रै न्यानो प्रीत छ
स्वीकार या नस्वीकार केही छैन
तिम्रो खुशीमै मेरो जीत छ
कि त फुल्यो प्रीतिका फूलहरू
कि झरी गयो कुहेर
यही संसारको रीत छ।

कति सजिलै बिर्सिएछौ

टाढा हुँदैमा दुइचार दिन, कति सजिलै बिर्सिएछौ
कारण सोध्नु कता हो कता, अनायसै रिसिएछौ

तिमीलाइ ठान्थें म आफ्नो मनको अन्तरंग
अपशोच ∕ तिमी पनि अरुको लहलहैमा मिसिएछौ ।

लघुकथा

लेखकहरुलाई आफूले केही लेख्न पाएको हुन्न अरुलाई सुनाउन हतार भैहाल्छ । उसले पनि हालै एउटा कथा लेख्न सकाएर साहित्यप्रति केही अभिरुचि राख्ने साथीलाई भेट्न गएको छ ।
‘ल भन्नुस् । धेरै समयदेखि भेट्न खोज्नु भएको थियो । के काम पर्यो त्यस्तो?’ साथीले उसलाई देखेर स्वागत गर्यो ।

तिम्रै लािग

एकान्तमा सम्झी तड्पी बसें तिम्रै लािग
बगाई आँखाहरु दर्की बसें तिम्रै लािग

धरै दिन भो तिम्रो कुनै खोजखबर छैन
आउँछौ कि भनी पर्खीबसें तिम्रै लागि ।

आउँछ र ?

  • by

सोधेर पनि सपनीमा सुस्तरी कोही आउँछ र
मीठो पीडा प्रणयको अनायसै जगाउँछ र

घाउ कस्तो अनौठो आज यो पाएँ
अमृतको रस पनि पिएर कोही अघाउँछ र

बन्दैबन्दहरु

हिजो पनि थियो एउटा बन्द
आज पनि गुडेनन् सडकमा गाडीहरु
यातायात बन्द फेरि चक्काजाम
सहर क्रनाभरि डुलिरह्यो
मात्र नाराबाजी
जुलुस तोडफोड लाठी चार्ज ।

बार्गेनिंग

“सुन्नुस् न केटाकेटीहरु सडकमा जालान् हेर्नुस् है । म पानी थाप्न हिंडे ।” सुन्तली गाग्री च्यापेर निस्की । पिंढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आँखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो ।

केटाकेटीहरुका लागि आँगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।

तिमी छौ, त्यसैले म छु

(प्रणय कविता)

के तिमीलाई थाहा छ?
म किन यहाँ छु
तिमी छौ यहाँ त्यसैले ।
मेरो अस्तित्वको
शुरुआत तिमीदेखि
र अन्त्य पनि तिमीमै ।
तिमीविनाको म
मेरो छुटटै पहिचान
मेरोलागि कल्पनातीत छ ।

युध्द सधैं दुख्छ

नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।