भेटघाट र गफगाफ: प्रोफेसर शर्माको डायरी
कुरो २०४५ सालतिरको हो । म त्रिविको केन्द्रीय अंग्रेजी विभागबाट एमए पास गरेलगत्तै त्यसै विभागमा पढाउन थालेको थिएँ । बढीजसो विद्यार्थीहरू मेरै उमेरका थिए । चक-डस्टर बोकेर कक्षामा छिर्दा मनमा एक किसिमको डर हुन्थ्यो- कसैले उत्तरै दिन नसकिने अप्ठ्यारा प्रश्न सोधेर बिलखबन्द पारे भने ? शिक्ष्ाक भएर कक्ष्ाामा छिरिसकेपछि फलानो प्रश्नको उत्तर थाहा छैन भनेर कसरी स्वीकार गर्ने ? कहिलेकहीँ आफू विद्यार्थी हुँदा पढाउने शिक्ष्ाकहरूलाई सम्झन्थेँ ।
