सिन्धु गौतम
साँइली औँलाको औँठी
सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो तर मन नलागिनलागी टुङ्ग्याउनु पर्ने बाध्यताले ।
वास्तविक रूप
बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो ।
