Skip to content

मधुपर्क २०६८ कार्तिक

साहित्यिक पत्रकारिताको जिउँदो पुस्तकालय

  • by

नेपाली भाषामा निस्किएका प्रायः सबै पत्रपत्रिकाहरू उहाँको पुस्तकालयमा सुरक्षित छन् । शोधपत्र तयार पार्नेहरू, कार्यपत्र लेख्नेहरू, साहित्यिक पत्रकारिताको इतिहास जान्न चाहनेहरू, सबैलाई उहाँको सहयोग अपरिहार्यजस्तै हुन्छ ।

हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ

  • by

वि.सं. २००२ मा कोसी अञ्चल, तेह्रथुम जिल्लाको सावलामा जन्मनु भएका अभि सुवेदीको साहित्यमा प्रवेश बनारसबाट प्रकाशित हुने ‘नौलो पाइलो’ मा वि.सं. २०१३ मा प्रकाशित ‘नानी रोयो’ कविताबाट भए पनि हाइकुमा चाहिँ उहाँको प्रवेश कुन सालमा भयो, उहाँ नै सम्झन सक्नुहुन्न ।

‘अनुपस्थिति’ कविताको संरचनावादी विश्लेषण

  • by

‘अनुपस्थिति’ कविता श्रीशीशा राईको ‘चेतनाहरू चबाए’ भन्ने कविता सङ्ग्रहभित्रको एउटा कविता हो । २०६६ साल पुसमा प्रकाशित राईको यस कवितासङ्ग्रहमा ५० वटा कविताहरू सङ्कलित छन् ।

सेतो कोट

  • by

बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ ।

मुक्त कमैया बस्तीमा भगवान्

  • by

कमैया वस्तीको पूर्वपट्ट िटहटह जूनमा एक किसान हलो जोतिरहेको थियो । भगवान्को दृष्टि ती किसानमाथि पर्‍यो ।