सुशील रिजाल 'अभिनव'
व्यङ्ग्य ‘विवाह’
यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् अनि छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिा सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आाखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”
