यो त हामीले सुनीआएका छौ कि विवाह गरेको पहिलो वर्ष श्रीमानको लागि श्रीमती चन्द्रमुखी हुन्छिन् । दोस्रो वर्षमा श्रीमती सूर्यमुखी बन्छिन भने विवाहको तेस्रो वर्षदेखि श्रीमती ज्वालामुखी बन्छिन् । त्यस्तै हामीले सुन्न नछुटाएको अर्को कुरो के पनि हो भने विवाहको पहिलो वर्ष पति बोल्छन्, पत्नी सुन्छिन्, दोस्रो वर्ष पत्नी बोल्छिन, पति सुन्छन्ः अनि विवाहको तेस्रो वर्षदेखि पति, पत्नी दुवै बोल्छन् अनि छिमेकीहरू सुन्छन् । यी कुराहरू कति सत्य हुन् कति असत्य, त्यसको व्याख्या त व्यक्ति विशेषमा भर पर्छ, तर के चाहिा सत्य हो भने प्रेम अन्धो हुन्छ अनि विवाहले केही वर्षमै आाखा खोलिदिन्छ । सायद, त्यसैले भनिएको होला – “प्रेम विवाहको उषा हो भने विवाह प्रेमको सूर्यास्त ।”

“के रे ? दुवैजना एक अर्कालाई औधि माया गर्छन् रे ÛÛ पख, यसको समाान छ । तिनको विवाह गरिदेउ, कत्तिको माया गर्छन् सब प्रमाणित हुन्छ ।” यो भनाइ मेरो होइन प्रसिद्ध लेखक चाल्र्स रीडको हो । अर्का प्रसिद्ध लेखक रोबर्ट बेन्सनले विवाह गर्न आतुर पुरुषलाई भनेका छन्- “अरे मूर्ख Û अझै समय छ, चेतिहाल Û” मेरो एकजना काकाको छोरीले एउटा केटासागै प्रेम गरिछे र ती दुवैले विवाह गर्ने कसम खाएछन् तर मेरो काका भने त्यो विवाहको विपक्षमा हुनुहुन्थ्यो- “म मेरी छोरीलाई जस्तोसुकै कठोर सजाया दिन तयार छु तर त्यो विवाह हुनैदिन्न । सोझो मेरो काकालार्य के थाहा ? विवाह भन्दा कठोर सजाया अरू के नै हुन सक्छ र बिचरीको लागि सााच्चै, विवाह अघि आकाशको तारा झारिदिने कुरा गर्ने प्रेमी पे्रमिकाहरू विवाह पछि एक अर्काको मुखको बङ्गारा झार्न पछि पर्दैनन्, आखिर किन त ?? प्रेम दर्शनमा यो एउटा गहकिलो प्रश्न हो ।

छिमेकीको छोरीले उनकै विवाहको निमन्त्रणा पत्र मलाई दिादा मैले सोधेको थिएा – “ए मूर्ख, किन यो उमेरमै आत्महत्या गर्ने विचार गरेको ?” त्यतिखेर उनको उत्तर थियो – हाम्रो प्रेमलाई साकार पार्न । उनको प्रेम साकार नहुादै बेकारको आकारमा थन्कियो जब उनलाई थाह भयो उनी त त्यो केटाको कान्छी श्रीमती पो बनिछन् । एकचोटि एक सज्जनकहाा “श्रीमती पीडित समाजद्वारा प्रेसित निमन्त्रणा पत्र आइपुग्यो जसमा लेखिएको थियो – ‘के तपाईं श्रीमती पीडित श्रीमानहरूको वाषिर्क भेलामा आउन इच्छुक हुनुहुन्छ ?’ केही दिन पश्चात ती सज्जनले पत्र मार्फत नै उत्तर पठाएछन् । उनको पत्रको केही अंश यस्तो थियो- “तपाईंको पत्र पाएा, धेरै नै धन्यवाद .. । मलाई तपाईंहरूले आयोजना गर्नुभएको भेलामा आउन उत्कट इच्छा थियो तर के गर्ने म विवश छु । वास्तवमा यस्तो कुरा मेरी श्रीमतीलाई पटक्कै मन पर्दैन ।”

अङ्ग्रेजीमा एउटा भनाइ छ – ःबचचष्बनभ ष्क लयत ब धयचम, दगत ष्त ष्क ब कभलतभलअभ अर्थात् विवाह मात्र एउटा शब्द होइन, यो त सजाय हो । त्यो अपराधको सजाय जुन अपराध प्रेमीप्रेमिका दङ्ग परेर गर्छन अर्थात्-विवाह । कसले, कति सजाया, कसरी काट्छन् त्यसको ‘अन्दाजीफिकेसन’ कठिन छ तर एउटा शाश्वत सत्य के पनि हो भने जसरी विना प्रेम विवाह हुन सक्छ त्यसरी नै विना विवाह पनि प्रेम साकार हुनसक्छ । पिाजडा बाहिरको चरा पिाजडा भित्र जान जति उत्सुक हुन्छ, त्यसको दश गुणा बढी व्याकुल पिाजडा भित्रको चरा बाहिर आउनलाई हुन्छ । विवाह पनि लगभग त्यस्तै त्यस्तै हो ।

त्यो विवाह आदर्श विवाह थियो जसमा श्रीमती दृष्टिविहीन थिइन र श्रीमान श्रवणशक्तिविहीन थिए । अचेल त्यस्तो विवाहको कल्पना गर्न त के कथामा कोर्न पनि कठिन छ । ‘बिहे गरेा हतारै हतारमा फुर्सदमै लाग्छ पछुतो’ यो गीतका गीतकारले सायद गीतकै लागि मात्र उक्त पङ्क्ति लेखेका होइनन् होला । उनको आशय जे भए पनि आफू त्यहाा गएपछि मर्छु भन्ने थाह हुादा हुादै पनि पुतलीहरू आगोमा होमिन छाड्दैनन् किन त ?? यो विवाद दर्शनको एक अनुत्तरित प्रश्न हो । म अझै चित्तबुझ्दो उत्तरको खोजीमा छु ।

बिबाहमा बजाइने बाजाले सबैलाई फुरुङ्ग पार्छ तर, अहा, म रमाउन कदापि सक्दिन किनकि मलाई त्यो धुन दुई स्वतन्त्र जीवनको अन्त्यमा बजाइएको शोकधुन झैा लाग्दछ । मेरो घनिष्ठ भित्र केही समयपछि नै आत्महत्या गर्दै छन् .. मेरो मतलब उनी विहे गर्दै छन् । मैले केटिलाई पनि राम्ररी चिनेको छु । उनी शील स्वभावकी छैनन् र उनको व्यवहार पनि रूखो छ तर पनि म मेरो मित्रलाई यो विवाह गर्नबाट रोक्दिन । म किन रोकु ? के उसले मलाई रोकेको थियो र ?? उसको दाईको शालीसाग बिहे गर्दा !!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *