आज एकजना गर्भवती बहिनीलाई जेलमा भेटेर आएँ । निकै कमजोर र सानै उमेरकी रहिछन् । अब स्वदेश पठाउन चाँजोपाँजो मिलाउँदै छु,’ एक साँझ लेबनानबाट फोनसम्पर्कमा आएका दीप्रेन्द्र उप्रेतीले भने । त्यहाँको नेपाली दूतावासका स्वयंसेवी दीपेन्द्रले भेट्दा युवती सात महिनाकी गर्भवती थिइन् ।