Skip to content

पद्म देवकोटा

बा

  • by

दाइको बैठकमा तास जमिरहेको छ । रातो, सेतो, कालो र खैरो रङ्गका सन्तुलित बुट्टाहरू केन्द्रबाट चारै कोणसम्म समान पाराले छरिएको ठूलो नेपाली गलैंचाको वरिपरि सेता मुजादार झल्लर भएका खोल हालेका चकटीहरू माथि कोही उपरखुट्टी लगाएर, कोही पलेंटी मारेर, कोही यौटा घुँडा उचालेर हातमा जापानी पंखा जस्तो गरेर तास फिंजाएर एकोहोरिएका छन् सवै जना त्यसमै ।

सफलता

  • by

वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस विषयमा चिन्ता पटक्कै थिएन किनभने ऊ जस्ता विद्यार्थी अनगिन्ती थिए ।