Skip to content

ऋषिराम बराल

मेरो प्रेम कहानी

धेरैदिन पछि भीडमाझ झरें
त्यही दिन तिमी सामुन्ने परें

सिन्दुर पोतेमा सजिएकी तिमी
पाइन मैले बोल्ने साइनो पनि
कुन सम्बन्धले तिमीलाई बोलाउ
बोल्ने निहुँमा कुन शव्दकोष खोलौ

रूढिबाद

केही समयदेखि सुबोधको साथी प्रबोध कलेज आएको थिएन । सुबोध पनि परीक्षाको तयारीले गर्दा प्रबोधलाई भेट्न जान पाएको थिएन र सुबोधले परीक्षाको तयारीमा प्रबोधलाई सहयोग गर्न नपाएकोमा मनमनै खिन्नता प्रकट गरीरहेको थियो । परीक्षाको दिन जति नजिक हुँदै थियो, त्यति नै झन झन प्रबोध कलेज आउन छाड्यो । नयाँ नेपाल भएपनि प्यूठानको गाउँले परीवेशमा फोन, नेट, मोवाइल केहीको पनि सुबिधा थिएन । त्यसैले भेट्न जान पनि एकदिनको फुर्सदले नै जानु पर्दथ्यो । परीक्षाको ५-६ दिन अघि मात्र सुबोधले प्रबोधलाई भेट्न जाने निर्णय गर्यो र एकाबिहानै घरबाट निस्क्यो । घरबाट निस्केको केही बेरमै उ झिमरूक नदीको किनारमा पुगेको मात्र के थियो एउटा कालो बिरालोले बाटो काट्यो, तत्काल नै सुबोधले बिरालोले बाटो काट्दा साइत पर्दैन भनेर बीच बाटो बाटै घर फर्कियो र त्यो दिन प्रवोधलाई भेट्न गएन ।