केही समयदेखि सुबोधको साथी प्रबोध कलेज आएको थिएन । सुबोध पनि परीक्षाको तयारीले गर्दा प्रबोधलाई भेट्न जान पाएको थिएन र सुबोधले परीक्षाको तयारीमा प्रबोधलाई सहयोग गर्न नपाएकोमा मनमनै खिन्नता प्रकट गरीरहेको थियो । परीक्षाको दिन जति नजिक हुँदै थियो, त्यति नै झन झन प्रबोध कलेज आउन छाड्यो । नयाँ नेपाल भएपनि प्यूठानको गाउँले परीवेशमा फोन, नेट, मोवाइल केहीको पनि सुबिधा थिएन । त्यसैले भेट्न जान पनि एकदिनको फुर्सदले नै जानु पर्दथ्यो । परीक्षाको ५-६ दिन अघि मात्र सुबोधले प्रबोधलाई भेट्न जाने निर्णय गर्यो र एकाबिहानै घरबाट निस्क्यो । घरबाट निस्केको केही बेरमै उ झिमरूक नदीको किनारमा पुगेको मात्र के थियो एउटा कालो बिरालोले बाटो काट्यो, तत्काल नै सुबोधले बिरालोले बाटो काट्दा साइत पर्दैन भनेर बीच बाटो बाटै घर फर्कियो र त्यो दिन प्रवोधलाई भेट्न गएन ।
भोलि पल्ट पनि बिहान खाना खाएर सुबोध साथीको घरतर्फ नै लाग्दैथियो अचानक गाँउकी माइली कमिनि दिदिले रीत्तो गाग्री लिएर पानी भर्न पँधेरो तिर जानलागेको देखेर सुबोधकी आमाले नै आज पनि साइत राम्रो छैन भनेर सुबोधलाई जान दिनु भएन । यसरी परीक्षाको बेलामा साथी बिरामी भएर ओछ्यान परेको बेलामा बोलाउन जान साइत नपर्दा सुबोध दिक्क भईसकेको थियो र भोलिको दिन पनि साथीलाई भेट्न नगएमा त परीक्षाको घडीमा तयारी राम्रो नहुने डरले भोलि त जस्तो सुकै कुसाइत परेपनि प्रबोधलाई भेट्न जाने अठोट लियो ।
भोलिपल्ट बिहान सबेरै उठेर बिहानको चिया र खाना प्रबोधकहाँ नै खाने बिचारमा सुबोध साथी प्रबोधलाई भेट्न उसको घरतिर लाग्यो । केहीबेरको यात्रापछि सुबोधले पारी डाडाबाट एउटा लाश लिएर आएको मलामीको हुलसँगै शङ्खको नमीठो धुन सुन्यो । त्यतिबेला सुबोधले सम्झ्यो कि साइतमा लाश र मलामीको हुल देखेमा साइत पर्छ भन्नेकुरा । यत्तिकैमा उ मलामी आउने बाटो छोडेर छोटो बाटो प्रबोधकहाँतिर हानियो । प्रबोधको घर नजिक पुग्ने बेलामा उसले टाढैबाट प्रबोधको घरमा मानिसको ठूलो भीँड देख्यो र हतार हतार सुबोध प्रबोधको घरको गेटमा पुग्यो । त्यहाँ पुगेर सोध्दा त प्रबोधको मृत्यु भएर घरमा रुवावासी भएको रहेछ र अघि बाटोमा देखेको लाश र मलामीको ताँती त प्रबोधको पो रहेछ । सुबोध केही बोल्न सकेन । न त रुन नै सक्यो न त कसैलाई सम्झाउन नै । न त प्रबोध जस्तो साथीको मृत्युमा मलामीको रुपमा साथ दिन सक्यो । मात्र सुबोधले त्यति बेला धिक्कर्यो यो समाजको अन्धबिश्वासीपनालाई र रुढीबादी परम्परालाई जस्को कारणले उस्ले आज सबैभन्दा मिल्ने साथीलाई अन्तिम घडीमा बिदाइका हात हल्लाउन पाएन ।
ऋषिराम बराल
हिमचुली विकास बैंक लिमिटेढ
शाखा कार्यालय, मेनरोड, नारायणगढ
Email : [email protected]
Katha ta ramro ho tara yo
Katha ta ramro ho tara yo kathama rudibad nabhai satya kura jasto lagyo kinaki subodh ko dui chotiko ku sait le garda sathiko mirtyu bhayo subodhle biralole bato kateko dekhnu nai naramro sanket ho tesaile usko sathi dukhat nidan bhayo tesaile rachanakar ji lai ke bhanna chahanchhu ki budhapakale bhanne sabai kura haru rudhibadi hudainan ki?
athathi ji
thanks for
athathi ji
thanks for comment.
chitwan
बराल जी ,
कथा राम्रो लाग्यो ।
बराल जी ,
कथा राम्रो लाग्यो । रुढिबादीले देश र देशबासि दुबैलाई पिरोलेकोनै छ ।
thank you dinesh ji
yo katha
thank you dinesh ji
yo katha sachai nai nepal jasto rudibadi samaj ma ghatne ghatana ho
maile yo katha aba aaune anter dristi patrika ma aaudai6.
कालो बिरालो आफूमा नै अपसगून
कालो बिरालो आफूमा नै अपसगून होइन, उस्ले केवल हुनेवाला अनिस्टको सङ्केत दिन्छ , त्यसैले केही अनिस्ट पक्कै छ भन्ने सोचेर साथीलाई भेट्न जानु पर्ने थियो ।
(Dr. Hem Nath Ghimire)
धन्यबाद् सर् ।
कालो बिरलो
धन्यबाद् सर् ।
कालो बिरलो बिचरा को के दोस् थ्यो र त्यो त सम्योग् मात्र त हो नि।