Skip to content

प्रसन्न

जीवन बाँच्ने ढङ्ग

  • by

भन्छन्, जीवन जिउन सपना हुनुपर्छ । सपना भएन भने के जिउने त्यो पनि थाहा हुँदैन । भन्छन्, चाहना वा कुनै कुराको इच्छा हुनुपर्छ । कुनै कुराको इच्छा नै नभए जीवन जिउने आधार नै के ? म आफ्ना साथीभाइलाई हेर्छु, आफैंलाई हेर्छु, सबैमा चाहना छन्, इच्छा पनि छन् र सपना पनि छन् । जीवन पनि जिइरहेका छौँ । कहिले सुखमा छुट्पटिँदै त कहिले दुःखमा छटपटिँदै जीवन बिताइरहेका छौँ । कहिले होसमा त कहिले बेहोसीमा । सुखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दुःखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दिन सबै हतारमा बित्छन् ।