इन्दिरा शाह
अलबिदा हावी
भेस्डिङ मेसिन (पैसा खसालेर बटन दबाउने मेसिन) बाट दुईवटा चिसो कोकको बोतल झिक्यो र एउटा मतिर बढायो । अर्को बिर्को खोलेर एक घुटको पियो । जुन महिनाको प्रचण्ड गर्मी थियो । खेतमा कुनै बाली लगाइएको थिएन, सायद लगाउने तयारीमा जुटेका थिए किसानहरू । किनकि छाता ओढेर अथवा ठूलो आकार भएको हृयाट लगाएर खेतमा केही काम गर्दै थिए ।
