Skip to content

अमर तुम्याहाङ

अनेक आयाम छन् किराँत चाडका

  • by

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए ।