विधान आचार्य

उमेर बिर्साउने साथीहरू

  • by

सारै मिल्ने साथी हो भने वर्षौंपछि भेट भए पनि ‘ग्याप’ अनुभव हुँदो रहेनछ । मेरा केही यस्ता साथीहरू छन्, जससित जहिले भेट भए पनि तिनले कि चन्द्रावती हाइस्कुलको प्रांगण, कि महाराजगन्ज क्याम्पसको परसिर वा पाटन संयुक्त क्याम्पसको कम्पाउन्ड अथवा विश्वविद्यालय कीर्तिपुरको सेरोफेरो टुप्लुक्क आँखा र मनमस्तिष्कमा ल्याई पुर्‍याउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णालीहरूको शृंखलामा

  • by

कर्णाली दक्खिन बग्दो छ भन्ने नाटकको ह्याङ्ओभर दिमागैमा थियो । एउटै देशभित्र पनि कुनै समूह आफ्नै र कुनै समूह पराई भएको तीतो यथार्थले मन-मस्ितष्कलाई नराम्ररी झक्झक्याइरहेको आफूले अनुभव गररिहेको थिएँ । सँगै हिँडिरहेको कुनै अर्कोले राम्रा लुगा लगाएको छ भने पनि डाहा थियो । कणर्ालीका बासिन्दाले सोच्न सक्छन् कतै अरूले लगाएका लुगामा तिनले सरकारलाई तिरेको कर पनि परेको होला र उनीहरू आफू भने नांगै रहनुपरेको छ । लौ लुगासम्ममा नभए पनि राजधानीमा गुड्ने सरकारी इन्धन खपत गर्ने गाडीका धूवाँका प्रत्येक कणकणमा मुगुको दुर्गम गाउँमा जन्मेर अरू केही सुविधाको नाकमुख नदेखेको र त्यहीँ मर्न तयार भएको प्रतिनिधि पात्र पुन्नबहादुर विश्वकर्माको रगत-पसिना परेको हुनसक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •