म स्तब्ध बनें
त्यो शोकाकुल खबरले
साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ
झापाली साहित्यकाशबाट ,
चम्की रहेका उज्ज्वल नक्षत्रलाई
कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ
तिमी यौवनको मातले निथरुक्क भिजेको बेला
म बैँशको उन्माद बोकेर
आँधीको बेग बनी आउँला
त्यो पल केवल तिमी हुनेछौ
मेरो चाहनाभित्र
अनी म हुनेछु
तिम्रो लज्जित भावनाभित्र
म आवेगले मात्तिएको बेला
तिमी कठोर नबन्नु