Skip to content

आचार्य प्रभा

AcharyaPrabha-06

म आउने बाटोमा निलकाँडा रोपिदिनु

हो,
यसपालीको दशैंमा पनि
यो निधार रित्तो हुने भो
बुढी आमा जमरा उमार्दै
सन्तानको आगमनको आशमा
बाटो हेर्दै होलिन्,
बुढा बा, मक्किन लागेको टोपी
टक्टक्याउँदै, बार्दलीबाट

20191002_AcharyaPrabha-News-01

अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसँगै “मायाको नाकाबन्दी”ले अमेरिकाको नाका फुकायो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितिको आयोजनामा भ्यु पोइण्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति सङ्गालो “मायाको नाकाबन्दी”को अमेरिकामा फेरि नाका खोलिएको छ ।

बालुवाटार बेचिएछ

बालुवाटार बेचिएछ, कैले देशै बेचिन्छ होला
भित्रभित्रै ढाक्छोप गरी खबरमा नै टुंगिन्छ होला

हत्या, हिंशा दिनहुँ नै गाउँ शहरमा भइरहेछन्
कानूनलाई मिचेर, सबुत, प्रमाण छोपिन्छ होला

नाइँ नभन्नु ल

तिमीसँग जिउने मर्ने चाहना छ मेरो
म तिमी बिना अधुरो तिमी मबिना अधुरो
मलाई जुनी जुनी जुनी जुनी तिम्रै हुने मन छ
फेरि फेरि फेरि नाइँ नभन्नु ल

20121218_AcharyaPrabha_Gazhal

नेपाली चेली राख्यौ है

  • by

नेपाली चेली राख्यौ है तिम्ले नेपालको ठुलो शान
देखाइदियौ सारालाई आज गरेर उच्च काम ।
 
विश्वमा तिमी चम्कियौ आज पूर्णेको जून बनी
गरे है सबले संसारभरि तिमीलाई ईज्जत मान ।

सप्तरङ्गी टिका अब कस्को लागि साँचु

सप्तरङ्गी टिका अब कस्को लागि साँचु भाइ
सयपत्री माला पनि कस्को लागि गाँसु भाइ ?

खाली हात आफ्नै हेर्दै आसुँ झार्दै बसिरैछु
यस्तो रित्तो सपना पाली कस्को लागि बाँचु भाइ ?

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, अप्टोबर)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा गरिने नियमित साहित्य संगम कवि गोष्टी कार्यक्रम यही अक्टोबर २७ तारिख शनिबारको दिन अनेसासका केन्द्रीय महासचिव तथा कोलोराडो च्याप्टरका अध्यक्ष श्रीपदम विश्वकर्माको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।

कार्यक्रममा बरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकीज्युको उपस्थिति रहेको थियो ।

घाऊ जति बल्झे पनि

घाऊ जति बल्झे पनि अधर हाँस्नु पर्छ
मनभित्रका पीडाहरू सबै माँस्नु पर्छ ।

दिर्घजीवी होईन जीवन क्षणभङुर छ है
मानवता संगालेर हामी बाँच्नु पर्छ ।

20121017_AcharyaPrabha_Gazhal

परदेशी मनका उत्पीडन

  • by

नेपालीको महान चाड् घर, आँगनमा आइसक्यो
सयपत्री, मखमलीले माया प्रीत लाइसक्यो ।

तन भने परदेशमा, मन भने घर, आँगनमा
इेच्छा, रहर् दौडिएर गाउँ, घरमै धाइसक्यो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, सेप्टेम्बर)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरको आयोजनामा हरेका महिनामा जस्तै आयोजना हुदै आएका कवि गोष्ठी साहित्य संगम यस महिनामा समाज सेवी तथा अनेसासका आजीवन सदस्य श्याम श्रेष्ठ तथा श्रीमती शान्ति श्रेष्ठको आयोजनामा यही सेप्टेम्बर २९ गते शनिबारका दिन उहाँहरूको निवास अरौरा, कोलोराडोमा सम्पन्न भयो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, अगस्त)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले संचालन गर्दै आइरहेको साहित्य संगम कवि गोष्ठीको अगस्त महिनाको कार्यक्रम तथा मोती जयन्ती यही २५ अगस्त शनिबारको दिन कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाको आतित्थ्यमा कोलोराडो स्कुल अफ माइन्स(गोल्डेन)मा सफलता पुर्वक सम्पन्न गरियो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जुलाई) तथा १९९ औं भानु जयन्ती

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले यही जुलाई २७ का दिन १९९ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सम्पन्न गर्‍यो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, जून)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको नियमित कवि गोष्ठी यही जुन ३० का दिन कवि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा सफलता पुर्वक सम्पन्न भयो ।

सधैं झैं बृहतरुपमा कविहरूको जमघट हुन नसके पनि न्युन रूपमा नै कवि तथा श्रोताहरूको सहभागिता भए पनि च्याप्टरले आफ्नो नियमित कवि गोष्ठीलाई निरन्तरता दिनलाई पनि सम्पन्न गरेको हो ।

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, मे)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कवि गोष्ठी मे २६, २०१२ का दिन श्री हरि अधिकारी, श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसन स्थित वंहाहरूकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो ।

20120518_AcharyaPrabha_Grandmum

संसारको दृश्य देखाई आमा

  • by

संसारको दृश्य देखाई आमा नामको रीत भोग्यौ
सन्तानलाई माया बाँडी ममताको प्रीत भोग्यौ ।

दस धारा दुध पिलाई बालकरुपी जीवन दिई
जिन्दगीभर सन्तानकै रुवाइको गीत भोग्यौ ।

20120303_AcharyaPrabha_03

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, फेब्रुवरी)

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबारको कवि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।