अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१०, जुलाई) तथा १९७ औं भानु जयन्ती कार्यक्रम आचार्य प्रभा कला/साहित्य समाचार by kbsAugust 9, 2010प्रत्येक वर्ष झैं यस पटकको १९७ औं भानु जयन्ती पनि बिभिन्न कार्यक्रमको साथ यहाँ सम्पन्न गरियो ।
भाषाको बिधाता बनेर आयौ भानु आचार्य प्रभा गजल by kbsJuly 12, 20101 Commentभाषाको बिधाता बनेर आयौ भानु घाँसीको उपदेश् सुनेर छायौ भानु । सबैको मनमा बसेर गुण गरी नेपाली भाषाको उन्नती चाह्यौ भानु । अमर अजर रहेर तिमी अझै हामीमा सुन्दर आभाष ल्यायौ भानु । देशको चिनारी दिएर मृत्यु रोज्दै साहित्य मनको आदर पायौ भानु ।
मारेर इछ्या, बाँच्नु कसरी ? आचार्य प्रभा गजल by kbsMay 18, 20101 Commentमारेर इछ्या, बाँच्नु कसरी ? झारेर आसुँ, हाँस्नु कसरी ? झरेको फूल, मैले टिपेर उस्लाइ भनि, गाँस्नु कसरी ?
अकार्य पात्रमा समाहित म आचार्य प्रभा गद्य कविता by kbsMay 12, 20101 Commentनिहत, टाउकाहरू संघारभरी थुप्र्याएर म आफ्नै टाउको नतमस्तक गरिरहेछु, निस्त्रय, मन लिएर अझै पनि म नांगो नाँचको रमिते बनिरहेछु,
अशान्तिको, बीज रोपी, शान्ति खोज्दै, लड्यौं किन ? आचार्य प्रभा गजल by kbsMay 10, 2010अशान्तिको, बीज रोपी, शान्ति खोज्दै, लड्यौं किन ? बाटोभरि, इर्ष्या रोपी, हामी अघि , बड्यौँ किन ? आफैंलाई, बैरी मानी, आजसम्म, बाँचिरह्यौँ आफ्नै मुटु, छेँडेर नै, शूल बनी, गड्यौँ किन ?
यो बर्ष हाम्रै हित बनेर आउनेछ आचार्य प्रभा गद्य कविता by kbsApril 12, 2010बिस्मृतिको धुलोमा पुरिँदै, धसिँदै अनि कुना,कन्दरा र डाली डालीमा लहराउँदै आयो भन्छन् नयाँ बर्ष।
नविन बर्ष झुल्कियो आचार्य प्रभा गजल by kbsApril 8, 20102 Commentsहर्षले छायो, मनमा हेर, बिहानी आएर उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर। नविन बर्ष, झुल्कियो अब, लिएर सुखद सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।
सम्झन डर लाग्यो आचार्य प्रभा गजल by kbsMarch 30, 2010सम्झन डर लाग्यो बिर्सन कर लाग्यो तिम्रा नाटक हेरी केनै पो भर लाग्यो?
अन्तिम कोशेली गिरिजालाई आचार्य प्रभा गद्य कविता by kbsMarch 20, 2010एउटा हस्ती अनि राजनीतिक धरोहरको समापन ……. आखिर पेवा न हो मृत्यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरूले त्यसैले उ निभेछ राजनीतिक आकाशबाट तर निभ्ने छैनन् उस्का समर्पण र उदेश्यहरू ।
देश किन दुख्नु ? आचार्य प्रभा गद्य कविता by kbsMarch 16, 20101 Commentसब लेख्छन देश दुखेको कबिता, गीत, गजल अनि के के, के के, …….? मलाई त लाग्दैन कि देश दुखेको छ, देशलाई रोग लागेको छ,
हौ तिमी प्रेरणाकी खानी आचार्य प्रभा गजल by kbsMarch 10, 20101 Commentहौ तिमी प्रेरणाकी खानी अनी कोमलताकी रानी। हौ, जननी पनि तिमी नै फेरि सुलभ तिम्रो बानी ।
प्रेम दिवस गीत आचार्य प्रभा गीति कविता by kbsMarch 8, 2010भन्नेहरू भन्दै गरुन प्रेम झुटो भनी सोंच्नेहरू सोँच्दै गरुन माया खोटो भनी
कसरी खायो आगोले हेर कमलको शरीर आचार्य प्रभा गद्य कविता by kbsMarch 8, 2010किन खायो आगोको लप्काले त्यो नीरिह सुन्दर,स्वच्छ परीलाई ? किन डाहा गर्यो अद्रिश्य शक्तिले मनमा नै उडिरहने त्यो निश्छल चरीलाई ?
गजल एक प्रयास आचार्य प्रभा गजल by kbsMarch 8, 2010मायाले मलाई बोलाउँदा सधैं “सानु” भन्थ्यौ तिमी तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी
झर्ने त्यो फूल भएछु आचार्य प्रभा गजल by kbsMarch 7, 20102 Commentsशृष्टिको भुल भएछु । झर्ने त्यो फूल भएछु जस्ले पनि तिर्खा मेट्ने पानीको मूल भएछु ।
स्वार्थी रैछौ माया आचार्य प्रभा गीति कविता by kbsMarch 2, 2010स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने …….. म त तिम्रो भरमा परी सबै कुरा भन्थें मिलन कहिले होला भनी दिनहरू गन्थें ……..
हुँ म सानो मान्छे आचार्य प्रभा गद्य कविता by kbsFebruary 28, 20102 Commentsसंसारकै म होचा मान्छे छैन गुनासो मलाई केही शरीर अग्लो भएर के भो ? छैन गुण भने केही ………..,
“सानु” भन्थ्यौ तिमी आचार्य प्रभा गजल by kbsFebruary 24, 2010मायाले मलाई बोलाउँदा सधैं “सानु” भन्थ्यौ तिमी तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी
बिक्षिप्त नगरी ईलाम आचार्य प्रभा गजल by kbsFebruary 21, 2010प्रकृतिकी रानीलाई दैवले छल्यो किन ? सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?
बदामी छन गाला मेरा आचार्य प्रभा गीति कविता by kbsFebruary 8, 20105 Commentsबदामी छन गाला मेरा नयन छन लट्ठ मेरो रूप हेरि हेरि पर्छन सबै दंग ………