Skip to content

आचार्य प्रभा

नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

  • by

मान्छेका आ -आफ्नै मन पर्ने कुराहरू हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा, बुढी, केटा, केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, संगीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरू कठोर स्वभावका हुन्छन।

मात्र झझल्को भयो

  • by

तिमी,
बर, पिपलको छहारी थियौ
त्यो गोरेटोको,
हर थकित बटुवाहरूको निम्ति
जो थकित अनी त्रिषित बनेर
तिम्रो शितलताको आशामा
तिम्रो कुटिमा बिश्राम गर्न पुग्दथे

मन फुलाऊ जिन्दगी

नमान पीर हँसाऊ मन फुलाऊ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाऊ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाऊ जिन्दगी ।

जब तिमी आयौ समिप

मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप
मृगतृष्णा बोकेर पुगेँ म पनि तिमी नजिक …………..

बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले
सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ………..

बिभत्स दिवास्वप्न

उफ! कस्तो बिभत्स सपना देखेँ
सपना कहाली लाग्दो थियो
यस्तो थियो त्यो सपना
म सगरमाथाको शिरमा उभिएर
“आमा” “आमा”……..
चिच्याइ रहेकी थिएँ
अनायस हावाको झोँक्का आएर
मलाई चिसो स्पर्ष दियो,

निरीह कैदी

मायाको कठघरामा थुनियौ कि
या त आकर्षणको नेलले बाँधियौ ?
मैले त देख्न थालेँ तिमीलाई
एउटा निरीह कैदी,
जो मेरो आँखामा सदा कैद भयौ
न त म तिमीलाई मायाको
चोरीको अभियोगमा माफी
दिन नै सक्छु,

खुशीले हाँस अनुकूल तिमी

  • by

परदेशमा भए पनि, खुशीले हाँस अनुकूल तिमी
दु:खको भूमरीलाई हाँसोले नास अनुकूल तिमी ।
 
नसोँच कहिल्यै म मात्र, बिदेशको पीडामा छु सधैं
खुशीमा फूलको माला, प्रेमले गाँस अनुकूल तिमी।
 

आमा बन्न नसक्नुको पीडा

  • by

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको

देवकोटा तिमी प्रसाद हौ

देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरूले
अँझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरूले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा सृजना अमेय छन।

म आउन सकिन दाजु (शिशु गजल)

सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु
निधारमा भाइटिका  लाउन  सकिन  दाजु ।

बाध्यता नै यस्तै भयो,परदेशमा  रुँदैछु
सयपत्रीको मालामा , मुस्काउन सकिन दाजु ।

मनको प्यास बढ्यो हेर (शिशु गजल)

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।
 
अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तो गरी ठड्यो हेर । 
 

आस्था र अनास्थाभित्र मान्छे

मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवीयता हैन जस्तो लाग्छ
त र…… बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी…. मान्छेहरु नै अचल बनेर

म छु बिश्वस्त

म छु बिश्वस्त गरेनौ शायद, मेरो मायालाई तिरष्कार
अनि सोच्दैछु फेरि यो पनि, गर्ने छैनौ मनबाट बहिष्कार ।
 
तिम्रो माया जिउने आधार भयो, अनि आश्वासन जीवन

उडाइ लग्यो सानो संसारको छानो

रहेन अस्तित्व तिम्रो अब
खै! तिम्रो रूपको महत्व
अनि खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरू ,
अनि धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो

म परदेशिनुको आशय

  • by

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरूलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।

बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनि पीडा आफन्त थियो

तिम्रो  सामू

  • by

नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो  सामू
मेरा मनका सारा ब्यथाहरू पनि, सारें तिम्रो सामू
 
दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात 

निर्देशक हो मन

बहकिन सक्छ मन
कतै छट्पटिमा आत्तिएर
टुक्रिन सक्छ मन
कँही पीडामा बल्झिएर,
हो, मन यस्तै छ
कोमल बन्छ कहिले
नचाहिंदो तर्कमा बिनासित्तिमा,
कठोर बन्छ कहिले