Skip to content

शंकरबहादुर केसी

बुझ्नेले कुरा नबुझेपछि

  • by

विसं २००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने, शुक्रराज शास्त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको र उनको समर्थन रहेको हल्ला चलाइयो ।

तुलना खेल र राजनीतिको

  • by

खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्छ तर त्यसकै परिणाम स्वरूप जीवनको उत्तरार्द्धसम्म पनि स्वस्थ र तन्दुरुस्त भएको देख्दा छक्क लाग्छ । सानैदेखि राजनीतिमा लाग्दा कहिले ब्याड्मिन्टन त कहिले कुन खेलको सहारा लिएर पनि राजनीतिमा संलग्न भएँ । तर, फुटबलमा भने म राजनीतिक उद्देश्यभन्दा पनि खेल भावनाले उत्प्रेरति भएर लागेको हो । त्यसमा लागेर म खुबै रमाएँ पनि । सौहार्द्रता र मित्रताको अभूतपूर्व संगम हुँदोरहेछ खेल क्षेत्र । त्यसैले पनि मलाई खेलबाट टाढा जान दिएन ।

इतिहासको साक्षी तस्बिर

  • by

देश र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान् व्यक्तिहरूका जीवनगाथा र राणाविरोधी संघर्षका क्षणहरू सुन्दै जाँदा ममा क्रान्तिकारी भावना बढ्दै गएको थियो । विसं १९९७ को घटनाले त मेरो जीवनमा ठूलै हलचल र परविर्तन ल्याइदियो । त्यसपछि मैले मनमनै आफूलाई राणाविरोधी क्रान्तिकारी मोर्चामा संलग्न गराउने निधो गरेको थिएँ । मेरा दाइ चित्रबहादुर केसीलाई नेपाल प्रजापरष्िाद्को काण्डमा काठमाडौँ उपत्यकामा आउन नदिने गरी डाँडा कटाइएको थियो । यस घटनाले पनि मलाई क्रान्तिकारी मोर्चामा संलग्न हुन उत्प्रेरति गर्‍यो ।

त्यो रोमाञ्चित विगत

  • by

नेपालमा बीपी कोइरालाजस्तो दूरदर्शी अर्को नेता नै जन्मिएन । त्यसबेला पनि नेतृत्वप्रति चर्को वितृष्णा हुँदा बीपीप्रति कसैको कुनै गुनासो थिएन । नेतृत्वका अन्य सदस्यको विरोध गरे पनि बीपीको सबै तारिफ नै गर्थे । बीपीकै कारण दुई कांग्रेस एक भए, साथसाथै अन्य सानातिना पार्टीहरूलाई पनि उहाँले मिलाएर लैजानुभयो ।

पुरेतको भेषमा बीपी र कृष्णप्रसाद

  • by

बीपी कोइरालाको पहिलो काठमाडौँ आगमन र उहाँसँग जोडिएका केही रमाइला प्रसंग मेरो स्मृतिपटमा ताजै छन् । कृष्णप्रसाद भट्टराईलाई साथ लिएर बीपी काठमाडौँ आउँदा उहाँहरूलाई भूमिगत राखेर सुरक्षाको बन्दोबस्त मिलाउने काम तत्कालीन नेपाली कांग्रेसका ‘कोरग्रुप’का सदस्यका अतिरिक्त संगठन विस्तारमा लागेका हामीहरू जस्ताकै थियो ।

जे महेन्द्रलाई थाहा दिइएन

  • by

“दुई कांग्रेस मिल । नेतृत्वका लागि विभाजित नहोओ । म तिमीहरूलाई जस् तो पनि सहयोग गर्न तयार छु ।” तत्कालीन राजा त्रिभुवनले मलाई भेट्नासाथ भनेको पहिलो वाक्य यही थियो । “म देश र प्रजातन्त्रका निम्ति ज्यानको आहुति दिन पनि तयार छु ।” बडो भावुक हुँदै त्रिभुवनले भनेका यी वाक्य सम्झँदा मलाई अहिले पनि कताकता मन चसक्क घोच्छ । अहिलेको राजनीतिक परिवेश र स्वयं नेपाली कांग्रेसकै अवस्था देख्दा पनि नरमाइलो मात्र होइन, मनै दुखेर आउँछ ।

हजाममार्फत त्रिभुवनसँग भेट

  • by

२००७ सालको क्रान्तिले ल्याएको प्रजातन्त्रलाई मानिसहरूले सही रूपमा व्याख्या गरेको म पाउँदिनँ । मानिसका आ-आफ्नै किसिमका धारणा आइरहेका छन् । इतिहास मनगढन्ते र व्यक्तिपरक हुनुहुँदैन । सबै मानिस आफूलाई केन्द्रमा राखेर इतिहासको बखान गर्छन् । तर, इतिहास वास्तविक र सत्यमा आधारित हुनुपर्छ । जित्नेको मात्र होइन, हार्नेको पनि सही इतिहास लेखिनुपर्छ ।