बुझ्नेले कुरा नबुझेपछि
विसं २००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने, शुक्रराज शास्त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको र उनको समर्थन रहेको हल्ला चलाइयो ।
