जे महेन्द्रलाई थाहा दिइएन

  • by


“दुई कांग्रेस मिल । नेतृत्वका लागि विभाजित नहोओ । म तिमीहरूलाई जस् तो पनि सहयोग गर्न तयार छु ।” तत्कालीन राजा त्रिभुवनले मलाई भेट्नासाथ भनेको पहिलो वाक्य यही थियो । “म देश र प्रजातन्त्रका निम्ति ज्यानको आहुति दिन पनि तयार छु ।” बडो भावुक हुँदै त्रिभुवनले भनेका यी वाक्य सम्झँदा मलाई अहिले पनि कताकता मन चसक्क घोच्छ । अहिलेको राजनीतिक परिवेश र स्वयं नेपाली कांग्रेसकै अवस्था देख्दा पनि नरमाइलो मात्र होइन, मनै दुखेर आउँछ ।
त्रिभुवनले राजनीतिक कुराकानीका साथसाथै मेरो पारविारकि जीवनका बारेमा पनि चासो दिएर सोध्नुभएको थियो । मेरो त सबै परविार एक किसिमले सरकारी उच्च ओहोदामै थियो । मेरो बुबा भने मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बडाहाकिम हुनुभयो । मातृका स्वयंले आफूलाई सहयोग पुग्ने आग्रहसहित उहाँलाई त्यो भूमिका दिनुभएको थियो । बुबाले पनि कुनै नाइनास्ती नगरीकनै उहाँलाई सहयोग पुर्‍याउन बडाहाकिमको जागिर खानुभयो ।
त्रिभुवनसँग पौने घन्टाको त्यस रातीको कुराकानीका क्रममा अधिराजकुमार वसुन्धरा खुबै क्रान्तिकारी स्वभावको लाग्यो । हामीसँग उहाँले राणाविरोधी पर्चाहरू माग्नुभयो । “म ती पर्चाहरू आर्मीको ब्यारेकभर िछरििदन्छु,” उहाँले भन्नुभएको थियो । तर, तत्कालीन युवराज महेन्द्रको अनुपस्थिति देखेर मैले प्रश्न गरेको थिएँ । त्रिभुवनको जवाफ आयो, “पछि भेटिहाल्छौ नि, अहिले किन चाहियो  ?” पछि थाहा पाएँ, हाम्रो त्यस गोप्य भेटघाटको जानकारी महेन्द्रलाई दिइएको रहेनछ । त्यो त समयक्रमले पनि देखायो, महेन्द्रको स्वभाव कस्तो थियो भन्ने ।
कुनै पार्टी निर्णयले मैले राजा त्रिभुवनलाई भेटेको थिइनँ । तसर्थ, सबै कुरा पार्टीलाई बताउने कुरा पनि भएन । तर, गणेशमानजीले मलाई रक्सौलबाट पार्टी संगठन विस्तार गर्न भनेर काठमाडौँ पठाउनुभएकाले उहाँलाई त्यसबारेमा सबै कुरा खुलस् त गरेर चिट्ठी लेखेँ । त्यो चिट्ठीमा सांकेतिक भाषा र नेवारी संक्षिप्त शब्द प्रयोग गरेको थिएँ । दुर्भाग्य ! रक्सौल पुगेको त्यो चिट्ठी बदामी घिसिङ भन्ने व्यक्तिले राणा सरकारका तर्फबाट ३० हजार रुपियाँ घूस खाएर वीरगन्जका तत्कालीन बडाहाकिम सोमशमशेरलाई लगी बुझाएछ । त्यसबाट हाम्रो सबै पोल खुल्यो । मैले पठाएको चिट्ठी सीधै मोहनशमशेरको दरबारमा पुगेछ ।
काठमाडौँमा व्यापक धरपकड भयो । त्यसको सुइको पाएर मैले राती नै बिहानै भाग्ने योजना बनाएको थिएँ । तर दुर्भाग्य ! पेटको गडबडीका कारण शौचालय गई बाहिर निस् कँदा प्रहरीले घर घेरा हालिसकेको रहेछ । कर्णेल चन्द्रबहादुर थापाको नेतृत्वमा आएको टोलीले २००६ असारमा मलाई समात्यो र खाउँलाझैँ गरेर हप्काउन थाल्यो । तीन तलामाथिबाट मेरो आमा चिच्याउनुभयो, “नबिराउनु, नडराउनु ! तँ जा । डराउनु पर्दैन ।” आमाको त्यस वचनले मलाई हौसला दियो ।
त्यस दिनभर िहनुमानढोकामा राखेर बेलुका ४ बजेतिर मलाई सिंहदरबारभित्र रहेको कालीबहादुर गारतमा लगेर राखियो । त्यसबेला सिंहदरबारभित्र त्यस गारतका अतिरत्तिm बिजुली गारत पनि थियो । दोस्रो दिनदेखि मेरो बयान लिन थालियो । बयानका लागि विजयशमशेर, शारदाशमशेर, हरशिमशेर, सरदार सोमप्रसाद, सुब्बा उपेन्द्रपुरुष ढकाल र झपटबहादुर रावल उपस् िथत थिए । अहिले सिंहदरबारमाथि फरफराइरहेको झन्डाको ठीक तल ठूलो बैठककोठा थियो । त्यहाँ मैले नेपाली राष्ट्रिय कांग्रेसकै कार्यकर्ता भनेर चिनिएको श्रीकृष्ण दुवाडीलाई पनि देखेँ । उसलाई देखाउँदै विजयशमशेर र शारदाशमशेरले मलाई सोधे, “तिमी यसलाई चिन्छौ ?” मैले चिन्दिनँ भनेँ । तर, दुवाडी त कड्किहाल्यो, “यो ठूलो कांग्रेस हो, महामन्त्री नै हो । मलाई कांग्रेस बनाएको पनि यसैले हो सरकार !” पछि बुझ्दा थाहा पाएँ, उसलाई दिएको सदस् यता रसिदको महामन्त्री भनेको ठाउँमा सदस् यता दिने व्यक्तिको हैसियतले मैले हस् ताक्षर गरेको थिएँ । त्यसैले उसले मलाई महामन्त्री ठानेको रहेछ ।
मलाई नेल-हत्कडी लगाइएको थियो । सिंहदरबारको त्यस चौरमा विजयशमशेर र शारदाशमशेरका छोराहरू साइकल चढेर रमाइरहेका देखिन्थे । उनीहरू नेल-हत्कडी लगाएका हामीहरूलाई देख्नासाथ सोध्थे, “को हुन् यिनीहरू ?” हामीलाई घेरा हालेर हिँडिरहेका प्रहरीहरू जवाफ दिन्थे, “कांग्रेस भन्ने यिनै हुन् ।” म अहिले पनि सम्भिmन्छु, पशुपतिशमशेरले हामीलाई देखाएर यही प्रश्न सोधेका थिए । सत्ताका निम्ति अनेक गठजोड र सत्ता-समीकरणका खेल देख्दा ती दिनहरू आँखावरपिर िफनफनी घुम्न थाल्छन् । सोच्छु, कस् तो सपना देखेका थियौँ, कस् तो भयो ?
मसँग राजा त्रिभुवनलाई भेट्न जाने मित्रलाई पनि पछि त्यहीँ सिंहदरबारभित्र लिएर आए । पूर्णबहादुर एमएलाई पनि ल्याइयो । राणाहरूले मेरो त नाम नै जिराहा बुल्डग राखेेका थिए । पूर्णबहादुर एमएलाई देख्नासाथ मैले त्रिभुवनसँगको प्रसंग ननिकाल्न इसारा गरँे, उहाँले बुझिहाल्नु भयो । मलाई सताउन अनेक विधि अपनाउँथे । हरेक साताको बिहीबार त्यहाँ राजाका छोराहरू पनि प्रधानमन्त्रीको सम्मुख उपस्थित हुनुपर्ने नियम रहेछ । पोल खोली पो हाल्छ कि भनेर उनीहरू मलाई उत्साहित गर्थे, “ऊ तेरा साथीहरू आए । ” उनीहरूको इसारा हिमालय र वसुन्धरातर्फ हुन्थ्यो ।
आफ्नो स् वाभिमान र पार्टी अस् िमतामा कुनै किसिमको आँच नआओस् भन्नेतर्फ म ज्यादै सतर्क थिएँ । पैसा र पद-प्रतिष्ठाको प्रलोभन दिए । तर, केही सीप नलागेपछि गणेशमानजीलाई पठाएको चिट्ठीकै कुरा सोधेर हैरान पार्न थाले । कन्सिरीका राँै तानिदिने, साँप्राको मासु चिमोट्ने र त्यसभन्दा अलि ठूलो यातना दिनुपर्‍यो भने भित्री कोठामा लगेर भकुर्नु भकुर्थे । १५/१६ दिनसम्म यो क्रम जारी रह्यो ।
त्यसपछि अनेक जेल सारे । नराम्ररी बिरामी पनि परेँ । नख्खु जेलमा अनेक नेतासँग भेट भयो । त्यहीँ बीपी कोइराला २९ दिनसम्म अनशन बस् नुभयो । ठूलो अन्तर्राष्ट्रिय दबाब पर्‍यो । कृष्णप्रसाद भट्टराईजीका दाजु गोपालप्रसाद भट्टराई पनि धेरै दिन अनशन बस् नुभयो । त्यहीँ धर्मरत्न यमी, गोपालप्रसाद रमिाल, श्यामप्रसाद शर्माजस् ता व्यक्तिहरूसँग पनि भेटघाट भयो । बीपी र कृष्णप्रसादको प्रसंग आउँदा म ती दिनहरू सम्झन्छु, जुन भेषमा हामीले उहाँहरूलाई काठमाडौँका विभिन्न स्थानहरूमा सेल्टर दिलाएका थियौँ । उहाँहरूको काठमाडौँ आगमन र सेल्टर काण्ड बडो कौतूहल र रहस्यमय लाग्छ ।

नेपाल साप्ताहिक ३३६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *