Skip to content

करिष्मा लुईंटेल

लाज पचेकी नकचरी….

´हेर हेर यो नकचरी, बावुआमा पनि कस्ता होलान्!´धेरै मान्छेबीचमा एउटी महिला कड्‍किन् ´बेलैमा बिहा नगरी बढेकी छोरी घरमै पालेर राखेपछि यस्तै हुन्छ।´ बाटो हिडिरहेकी मलाई पनि त्यस भीडले तान्यो। ´त्यही त, यसले त हामी सबैको नाकै काटी नि ´–हेर्दा भद्र देखिने एक महिलाले थपिन्। ´यसलाई गाउँ निकाला गर्नुपर्छ ´– सबै महिलाले एकै स्वरमा कोहोलो मच्चाए। यत्तिकैमा एक जना पुरुष बोले – एकछिन त पर्खिनुस्! यसमा यी नानीको मात्र हैन त्यो फटाहाको पनि त दोष छ´। त्यसपछि घटनाको वास्तविकता बुझ्न उत्सुक भएर नजिकै उभिएकी एकजना दिदीलाई सोधेँ – दिदी यहाँ के भएको? उनले भनिन् ´हेर्नु न नानी उभिरहेकी केटी छ नी! हो, त्यसले हाम्रो गाउँमा पढाउन आएको मास्टरसँग लसपस गरिछ। ऊ सरुवा