हरिमाया भेटवाल
रातो कोट
आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै ठाउँमा डटौँ, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ। गनी साध्य छैन, कतिपटक यो गीतलाई दोर्याएकी छु मैले।
