कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन ।
कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ ।
कृष्ण पहाडी मानवअधिकार र नागरिक समाजका अगुवा नेता हुन् । उनले नेपाली राजनीतिको रूपान्तरणमा पुर्याएको योगदान र समर्पणको सधैँ समाजले सम्मान पनि गर्नेछ ।
गजल लेखनको पछिल्लो छिमलमा सशक्त हस्ताक्षरका रूपमा देखापरेकी गजलकार हुन् रेणुका थापा ‘सोलु’ । उनै गजलकारले आफ्नो पुस्तकाकृतिको उपस्थिति देर्खाएकी छिन् । अवसरको सगरमाथा (२०६८) मार्फत् ।
सिद्धार्थनगर-१३, रूपन्देहीका स्रष्टा पृथ्वी शेरचनले एकैसाथ तीन कृति प्रकाशित गरेका छन् । भीमखोला बहुलाउँदा (नाटक), चीन भ्रमणको डायरी र सोभियत युनियन र बलगेरिया भ्रमणको डायरी (दुई नियात्रासङ्ग्रह) स्रष्टा शेरचनका प्रकाशित कृति हुन् ।
काठमाडौँको पुरानो चाबहिल चोकमा उहाँको हजुरबुबाको ठूलो वैद्य पसल थियो । पुरानो चाबहिल अर्थात् गणेशस्थानको तेर्सो । राजवैद्य कुल भएकाले मानमनितो नै बेग्लै थियो ।
बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद ।