Skip to content

भक्तबहादुर गोदार

शुभ कामना

आउ नयाँ बर्ष तिमीलाई स्वागत छ
दुखेका दर्दहरुलाई वीरसिएर आउ
बिछोडिएका २ मुटुहरुलाई मिलाउन आउ
हत्या हिङ्सा तोड फोड लाइ रोक्न आउ
नयाँ नेपाल को मुहार फेर्न आउ
साइला र साइली को माया प्रितीलाई जोगाउन आउ
आउ आउ आउन आउ तिमी आउ
भिजेक परेलिहरुलाई सुकाउन आउ
सुरिला लोक-भाका हरुलाई जगाउन आउ

मेरी श्रीमती

मस्त त्यो जवानी मा गरे मैले बिहे
आज देखि तिमी मेरो जिन्दगीको पिए
जन्म दिने मात पिता छडी आयौ आज
नयाँ जीवन सुरु गर्दै मुस्काउ सबैको माझ

सबै सँग मिठो बोल्नु हाँसि खुशी रनु
तितो बचन नगर्नु है बरु आफु सनु
सुख दु ख साथ साथै बिता उ हाम्रो लाइफ
मेरा मनका सारा कुरा बुझ्ने मेरी वाइफ

मातापिताको यादमा

मेरो जीवन दिनु भयो मेर पिता मता
कोती कोती प्राणाम छ है मेरा जन्म दाता
ठुलो कस्ट भोज्नु पर्‍यो मलाई जीवन दिदा
भाबुक बनी हेर्ने गर्थेउ होला मुटु चो रि लिदा

भगवान का रुप हुन हाम्रा माता पिता
आशिर्बाद नै ठुलो हुन्छ भन्दा पनि गीता
हुर्काइ बढाइ पडाइ लेखाइ ठुलो पर्नु भयो
हजुर हरुको माया प्रेम दिल मा छाप रहयो

नेपाल मेरो देश

मेरो देश्, नेपाल मेरो देश
“जनानी जन्म बुमिस्च स्वर्गादपी गरियसि”

विस्वको सर्बोच्च सिखर सगरमाथा भएको देश
शान्तिका दूत गौतम बुद्ध जन्मिएको देश
वीर गोर्खालीको खुन र पसिना ले बनेको देश
सिता र भृकुटी ले जन्म लिएको मेरोदेश
मेरोदेश्, नेपाल मेरो देश

तेसोगरे कसो होला?

एकले अर्कालाई आरोप लगाउन छाडेर,
नया नेपालको रेखांकन् गर्नुहोस।
हद्ताल चक्कजाम बिरोध लाई छाडेर
नेपाल आमाको मुहार् मा हासो भर्नुहोस।
बेपत्ता पारीयका नागरिक लाई सार्वजनिक गरेर
पीडित परिवारलाई राहत दिनुहोस।
रोयको आमाको मुहारलाई हसायर
उनिबाट आसिर्बाद लिनुहोस।
तेसोगरे कसोहोला?