Skip to content


मस्त त्यो जवानी मा गरे मैले बिहे
आज देखि तिमी मेरो जिन्दगीको पिए
जन्म दिने मात पिता छडी आयौ आज
नयाँ जीवन सुरु गर्दै मुस्काउ सबैको माझ

सबै सँग मिठो बोल्नु हाँसि खुशी रनु
तितो बचन नगर्नु है बरु आफु सनु
सुख दु ख साथ साथै बिता उ हाम्रो लाइफ
मेरा मनका सारा कुरा बुझ्ने मेरी वाइफ

गल्ती गर्ने मेरो बानी सुधृए छ आज
ठाडो शिर पारी दियौ तिम ले सब को माझ
साथ साथ मा जिउने मर्ने साथ साथमा खाने बस्ने
हरेक पलामा दुबैजना मिली कम्मर कस्ने

मुस्काउदा झनै राम्री रिसाउदा उस्तै
जिन्दगीको यात्री बनेउ मेरो दिलामा घुस्दै
रिसाउदा फुल्याइदिने मेरी श्रीमती
तिमी सँग यात्रा गर्दा थाहै पाइन गती

बाल बच्चा हुर्काएर शिक्षा दिने कुरा
मेरो धोका आज तिमले गरी दियौ पुरा
मेरो कख मा अढेस लागि भन्छेउ मेरो पति
मलाई अति माया गर्ने मेरी श्रीमती, मेरी श्रीमती

1 thought on “मेरी श्रीमती”

  1. भक्तजी, तपाइलाइ माया गर्ने
    भक्तजी, तपाइलाइ माया गर्ने तपाइँकी श्रीमती । जीवन भरी यस्तै भइरहोस् है शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *