मेरो देश्, नेपाल मेरो देश
“जनानी जन्म बुमिस्च स्वर्गादपी गरियसि”

विस्वको सर्बोच्च सिखर सगरमाथा भएको देश
शान्तिका दूत गौतम बुद्ध जन्मिएको देश
वीर गोर्खालीको खुन र पसिना ले बनेको देश
सिता र भृकुटी ले जन्म लिएको मेरोदेश
मेरोदेश्, नेपाल मेरो देश

कन्चन हिम श्रीङ्खला र छहरा भएको देश
बिहानी को किरणमा मुस्काउने मेरो देश
देउताको घर र मन्दिरै मन्दिर को मेरो देश
जलस्रोत ले बिस्वमा चिनिएको मेरो देश
मेरोदेश्, नेपाल मेरोदेश

धर्मिक शाहीण्रुता भएको मेरो देश
बन्धुत वको भावना बोकेको छ मेरोदेश
काडे भ्यकूर र लालीगुरास ले सजिएको मेरोदेश
चन्द्र सुर्य अन्कित झन्डा भएको मेरो देश
मेरोदेश्, नेपाल मेरोदेश

हिमाल पहाड तराई ले बनेको छ मेरोदेश
अनेकौ सन्स्कृति र परम्पार बोकेको मेरोदेश
पाखा पखेरामा लोकभाका गुन्जिएको मेरोदेश
साइला र साइलिले माया प्रिती गासेको मेरोदेश
मेरोदेश्, नेपाल मेरोदेश

खेतियोग्य जमिन भएको कृषि प्रधान देश
हरियो बन ले सिङारिएको छ मेरोदेश
४ जात ३६ बर्ण को साझा फूलबारी हो मेरोदेश
छौबन्धी फरिया र दौरा सुरुवाल ले सजिएको मेरोदेश
मेरोदेश्, नेपाल मेरोदेश
मेरोदेश्, धन्य छ मेरोदेश्, नेपाल मेरोदेश ।

भक्त बहादुर गोदार्, साउदी अरेबिया
ठेगाना: ईलाम नेपाल
ईमेल: [email protected]
Or [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “नेपाल मेरो देश”

  1. देशप्रेमले ओतप्रोत छ!
    देश

    देशप्रेमले ओतप्रोत छ!
    देश सम्झायो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *