Skip to content

प्रा. दयानन्द बज्राचार्य

मेरो जीवनमा किताब

  • by

सन् १९६० को दशकसम्म देशभित्र विज्ञान प्रविधिको उच्च शिक्षा हाँसिल गर्ने अवसर नभएकाले विज्ञानका विद्यार्थीलाई राम्रो श्रेणीमा उत्तीर्ण भई कोलोम्बो प्लानको छात्रवृत्ति प्राप्त गरेर भारतमा उच्च अध्ययन गर्न जाने अवसर पाउनु नै सबैभन्दा ठूलो उपलब्धि मानिन्थ्यो।

प्राज्ञिक जीवनको मोड

  • by

एकदिन म अमेरिकाबाट फर्किएकी एक आफन्तलाई लिन एयरपोर्ट गएको थिएँ । यो सन् १९८५ को कुरा हो । उहाँलाई घरमा ल्याइपुर्‍याएर आफ्नो मोटरसाइकलमा विभागतिर लागेँ । विभागमा मेरा एक जना गुरु मलाई कुरिरहेका रहेछन् । उनी कीर्तिपुरमा विभागीय प्रमुख भएर प्रवेश गरेका रहेछन् । डीनले आफ्नो पदावधि समाप्त हुनुअगाडि उहाँलाई कीर्तिपुरमा विभागीय प्रमुख बनाएर पठाइदिएका थिए । यो मेरा लागि एउटा ठूलो विस्मात् थियो । सन् १९७८ देखि केन्द्रीय विभागमा विभागीय प्रमुखका रूपमा पूर्ण समर्पण र इमानदारीसाथ काम गरेको थिएँ । मबाट कुनै गल्ती भएको थिएन । मसँग एक शब्द पनि नसोधी बिनाकारण मलाई विभागीय प्रमुखबाट हटाइएको थियो ।