Skip to content

रुद्र ज्ञवाली

छोरो बिरामी भयो

जन्माएँ कति कष्टसाथ दुःखले पालेँ गरेँ पोषित
आफ्रनो वंश सँगै मुलुक यो गर्ला भनी शोभित ।
उल्टो भो सपना व्यथा ह्दयको पग्लेर पानी भयो
आमाको मन भन्छ लौन गरुँ के छोरो बिरामी भयो ।

स्नेहसूत्र

  • by

तीनवटा वर्षौटे सन्तान प्रेमको नाममा उपहार दिएपछि रोजगारीको खोजीमा मुग्लान पसेको लोग्ने उतै बेपत्ता भयो । सहरको बसाइँ । गुजारा चलाउन धौधौ पर्‍यो । लाज र घिन मानेर भएन । अर्काको चुलोचौको र जुठो भाँडो गर्नेसम्मका काम गरी । यति गर्दा पनि जीवनको गाडी सहजतासाथ गुडेन । घरभाडाको पैसा तिर्न सकिन । विधूर घरधनीले अप्रत्यक्षरूपमा उसको सुगठित मांशपेशी भाडामा माग्यो । खुद्रा पसलेले उधारो सामानको बदला मुस्कान भुक्तानीको प्रस्ताव राख्यो । यसरी बाध्यता र आवश्यकताको विनिमय भयो ।