जन्माएँ कति कष्टसाथ दुःखले पालेँ गरेँ पोषित
आफ्रनो वंश सँगै मुलुक यो गर्ला भनी शोभित ।
उल्टो भो सपना व्यथा ह्दयको पग्लेर पानी भयो
आमाको मन भन्छ लौन गरुँ के छोरो बिरामी भयो ।
जे जे गर्न हुँदैन भन्छ दुनियाँ त्यो त्यो सबै गर्दछ
जे जे गर्नु भन्यो कपूत त्यसले उल्टो सबै गर्दछ ।
भट्टी जेल हुँदै पुग्यो सदनमा मान्छे त नामी भयो
किन्तु कर्म उही छँदैछ अघिकै छोरो बिरामी भयो ।
सत्ता लोलुप चालबाज उसमा ज्यूँदो छ संकिर्णता
त्यस्ताको भर हुन्न बिक्छ सजिलै भन्दैन राष्ट्रियता ।
स्वार्थी नम्बर एक धूर्त कसरी यो अग्रगामी भयौ
आमाको मन भन्छ व्याकुल बनी छोरो बिरामी भयो ।
हिस्सा माग्नु सिवाय पौरख स्वयं गर्दैन केही पिन
आफ्रनो केवल भन्छ देश उसले भन्दैन हाम्रो भनी ।
जल्ले तान्छ जता त्यतै फनफनी घुम्ने मदानी भयो
सग्लो यो घर फोर्छ क्यार उसले छोरो बिरामी भयो ।
पाए न्याय निसाफ बेच्छ उसले खोला नदी बेच्दछ
ब्यपारी बगरे दलाल उसले पाए गला रेट्दछ ।
धारे हात परन्तु हेर उसको निम्ती सलामी भयो
खुस्क्यो पेच कि कुन्नी लौन दनियाँ छोरो बिरामी भयो ।
मिच्दा बास छिमेकले छ रमिते बोल्दैन केही पिन
जे जे गर्छ उ गर्छ गोप्य रुपमा खोल्दैन केही पनि ।
राम्रो लक्षण छैन क्यै मुलुकको आशा खरानी भयो
नौलो ओखती देउ डाक्टर कुनै छोरो बिरामी भयो ।
सि.न.पा. ८ भैरहवा ।
छन्दः
शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर ऽऽऽ…ऽ॥ऽ…।ऽ।ऽऽ॥ऽऽ॥ऽ १२।७ मा विराम

akdami ramro lago fare fare
akdami ramro lago fare fare pane astai rachana haru pathunuhola, padna pau la