आमाको फरक व्यक्तित्व
आमाको मुख हेर्ने दिन । किन भनिन्छ होला मुख हेर्ने दिन ? सायद यस कारण कि वर्षदिनभरि हामी आमाको मुखभन्दा उनले हामीप्रति गरेको माया र स्याहारलाई भोग्छौ, हेर्छौ । बाबा चिया पाक्यो उठ, बिहानको त्यो चियाको चुस्कीको मीठासमा आमा हुन्छिन्, स्कुल वा अफिस जाँदा समयमै तयार हुने खानाको स्वादमा आमा हुन्छिन्, जरुरतको सामान नमाग्दै बजारबाट घर पुगिसकेको सुलभतामा आमा हुन्छिन् अनि उच्चारण नै नगरी पूरा भएका मनका कति चाहनाको आकारमा हुन्छिन् ।
