चित्र फ्रेम गर्नुपर्दा
कलाकारहरू प्रायः नै भावुक हुन्छन्, सारै सेन्टिमेन्टल। त्यसैले उनीहरूसितको हरेक बातचीत वा व्यवहारमा खूब सचेत हुनुपर्छ र सावधानी राख्नुपर्छ। हुन पनि कलाकारहरूले समाजबाट अरू के पो पाएका छन् र ! सधैँ आर्थिक कमजोरी औ सामाजिक उपेक्षामा रहेका यी कलाकारहरूले प्रशंसाका दुई शब्द र सद्व्यवहारको अपेक्षा गर्नु स्वाभाविक नै छ।
