Skip to content

डा. गंगाप्रसाद उप्रेती

तेजपुरको सेरोफेरो र ब्रहृमपुत्रको घेरो

  • by

वि.सं. २०६४ सालको कात्तिक एक प्रकारले मेरा लागि यात्राकै लागि समर्पित भएजस्तै भयो । दसैंको ठीक अगिल्तिर गरिएको पूर्वोत्तर भारतको भ्रमणले लाएको काउकुती साम्य हुन नपाउँदै दसैंको टीका थापेर हामीले सुरु गर्‍यौं-पूर्वाञ्चल भारतको असम राज्यको यात्रा ।

अम्रिसो र चियाका बुटामा लुकामारी खेल्दै इलाम र पाँचथरतिर

  • by

उमेर ढल्कँदै गएपछि मान्छेका चेतन अवचेतनले पछाडि र्फकन यात्रा गर्दोरहेछ । आफ्नो विगतको थालनी बाल्यकाल, त्यसले थेगेको पर्यावरण, गाउँ र ठाउँमा प्रतिविम्बित हुने भूगोल आफ्नो चेतन र अवचेतनमा जवर्जस्त पाराले नाच्ने गर्दा रहेछन् । २०६६ सालले मलाई पनि साँच्चि नै आफ्नो जीवनको उत्तरवर्ती यात्राको एउटा निश्चित बिन्दुमा पुगेको अनुभूति दियो ।