लुम्बिनीः अशोकको पहिलो धर्मयात्रा
प्राचीन भारतमा थुप्रै राजा महाराजाहरू इतिहासका पानाहरूबाट बिलाए । यीमध्ये राज्य बुद्धको जिवनकालमा गरे र बौद्धधर्मको उत्थानमा महत्वपूर्ण रूपले सघाए पनि । यो सिलसिला राजा हर्षवर्धनको काल (६०६ ई.) र त्यसपछि पाल र सेनकालसम्म कायम थियो । बौद्ध धर्मबाट मात्र मानव कल्याण सम्भव हुनसक्ने महसुस गर्न पुगेका राजा अशोकले, कलिंगयुद्ध पश्चात तत्कालीन स्थानीय बुद्ध धर्मलाई जनजनमा पुर्याई विश्वधर्मको रूपमा स्थापित गर्न सम्पूर्ण जीवन समर्पित गरे ।
