Skip to content

कविता कुसुम

भावसमर्पण शहीदहरुप्रति

  • by

आज, तिम्रा रगतका थोपाहरु
मेरा सितारका तारहरुमा
छल्किरहेछन्…
म, मेरो अलपत्रे बाँसुरीमा
केवल तिमीलाई भर्न चाहान्छु…
तिम्रो एकथोपा रगतको बदला
मैले केही दिनुपर्दा
म, तिमीलाई
मेरो जनमभरको आँसु कैद गरेर
मेरो कविताका उत्कृष्ट भावहरुको
अर्घ दिन चाहान्छु

आवाज

  • by

कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत

संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।