आत्महत्याका श्रृङ्खला
आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु हुन्न मामा-माईजुले ।
