Skip to content

सन्जु बजगाईं 'नेपाल'

गुलाबी फ़्रक

बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुईमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ – फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको – दुवैलाई भित्र डाकें । “बज्यै के पिउने – चिया कि दुध -” मैले सोधें बज्यैको चिया भनेपछि मरिहत्ते गर्ने बानी उही पुरानो । मैले आफू, बज्यै र उसलाई चिया बनाएँ ।

आत्महत्याका श्रृङ्खला

  • by

आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु हुन्न मामा-माईजुले ।

सम्बन्धका दूरी

  • by

सलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।