गुलाबी फ़्रक
बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुईमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ – फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही खोजेर किन ल्याउनु परेको – दुवैलाई भित्र डाकें । “बज्यै के पिउने – चिया कि दुध -” मैले सोधें बज्यैको चिया भनेपछि मरिहत्ते गर्ने बानी उही पुरानो । मैले आफू, बज्यै र उसलाई चिया बनाएँ ।
