आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु हुन्न मामा-माईजुले ।

कुमारी सरुका घरमा विवाहको कुरा चलिरहेका बेलामा यसरी एक पछि अर्को गर्दै सभ्य र शिक्षित परिवारका महिलाहरूका आत्महत्याका बीभत्स दृश्य अनि अखबारमा छापिएका आत्महत्याका खबरले उसलाई कता -कता शंका पैदा गरायो । शायद बबिता दिदीको घटनाले पनि उसलाई अझैसम्म झस्काइरहेको होस् ।

सरुलाई अझै ताजै जस्तो लाग्छ केटा पट्टिबाट बबिता दिदीलाई हेर्न आएका दिन बेलुकी ठूलोबुवाले केटाको वर्णन गरेर सुनाउनु भएको ।

“क्यानडाबाट भर्खरै इन्जिनियर पढेर आएका । परिवारमा सबैभन्दा असल । खान्दान पनि नाम चलेको । बिवाह पछि दुलहीलाई पनि क्यानडा नै लिएर जाने अरे । यत्तिका घरमा छोरी नदिए के पर्खेर बस्ने -” साँच्चै ! त्यो साँझ ठूलोबुबा असाध्यै खुशी हुनुहुन्थ्यो ।

अन्ततः तिनै केटासँग धुमधाम गरेर आफ्नी एक्ली छोरीको कन्यादान गर्नु भएको थियो । बिवाहको दिन बेहुलाको जुत्ता लुकाएर हजार रूपैयाँ हात पारेको अहिले जस्तो लाग्छ उसलाई । तर बिवाहको डेढ बर्षपनि पुग्न नपाउँदै बबिता दिदीले सुतेकै ठाउँमा बिष खाएर आत्महत्या गरेको खबर आयो जुन खबरले ठूलोबुवाको मानसिक स्थिति अझै सन्तुलित भएको छैन । आजकल सरुलाई मृत्युसँग भन्दा पनि आत्महत्यासँग बढी शंका लाग्न थालेको छ ।

“यदि मृत्यु ढोल बजाएर आईदिए ……. -” लामो श्वाससँगै उसको आवाज बाहिरियो ।

ऊ अखवार छोडेर जुरुक्क उठी । यी शिक्षित र सुशील नारीहरू किन यसरी आफैंले आफैंलाई मार्ने गर्छन् < उसलाई जान्ने तीब्र इच्छा जाग्यो । शंकाले उसलाई पछ्याउन थाल्यो । आखिर आत्महत्या नै किन < प्रश्नको उत्तर पाउन वायुपंखी घोडा झैं उसभित्रका जिज्ञासाहरू दौडिरहेका छन् । "अतिशोधले त बाहिरै एउटी राखेको थियो अरे नि त ! त्यही कुरामा लोग्नेस्वास्नीमा झगडा भैरहन्थ्यो अरे ।" दुइ -चार दिन अगाडि सरुकी आमा भन्दै हुनुहुन्थ्यो । "के थाहा उनले लोग्नेको तिरस्कार सहन नसकेर आत्महत्या गरेकी हुन् कि !" सरु शंका गर्छे ऊ कत्ति पटक अर्चना भाउजुसँग एउटै बाटो भएर क्याम्पस गएकी थिई । उनको अफिस सरुको क्याम्पस भन्दा पाँच मिनेट मात्र टाढा थियो । जीवनलाई जहिले पनि संघर्षको पर्यायवाची भन्न रुचाउने उनी सरुलाई नारी जातिले समुद्र जस्तै हुनु पर्छ भन्ने गर्थिन् । उनले भनेका कत्ति कुराहरूले सरूलाई हिम्मत नहार्न उत्साहित गर्थ्यो । यी सबै अब सरुका संझनामा मात्र जीवित छन् । हिजोआज उसलाई अतिशोधप्रति सहानुभूतिको सट्टा घृणा लागेर आउँछ । श्रीमतीले आत्महत्या गरेको तीन दिन नपुग्दै ऊ सामान्य भैसकेको देखिन्थ्यो मानौ यत्तिका बर्ष श्रीमतीसँग बिताएका दुःख-सुखको कुनै मूल्य छैन । टुहुरा छोराछोरी आमा गुमाउनुको पीडाले आँखामा आँशु छचल्काइरहेका बेला उसका ओठहरूले भने सुकुमार मुस्कान छोडेको सरुले पटक - पटक देखेकी थिई । " यो देख्दा देख्दै म कसरी मानौं अर्चना भाउजुले आत्महत्या गरेको हो भनेर < " ऊ भित्र असन्तोष मडारिँदो छ । उसलाई थाहा छ यो असन्तोष कसैसँग बाँड्न सक्ने खालको छैन । ऊ कल्पिन्छे - "उसको पनि लोग्ने हुनेछ एक दिन, यो निश्चित छ । ऊ भद्र हुनेछ केवल भद्रताको खोल ओढेको । ऊ शिक्षित हुनेछ तर अव्यावहारिक ! उसका स्नेहका मूल फुट्ने छन्- मात्र विवाहको दुइ-चार हप्तासम्म । हर प्रभातमा झुकाउने शिरलाई लत्याउने सत्पुरुष हुनेछ ।" कल्पनामा उसको लोग्ने एउटा ढोङ्गी आकृतिको पुरुषमात्र देख्छे । ऊ पुनः कल्पिन्छे , कल्पिरहन्छे तर हरेक पटक त्यही ढोङ्गी आकृति । "म विवाह नै गर्दिन ।" ऊ आफ्नो निर्णयमा भित्रभित्रै दङ्ग पर्छे "उफ् ! फेरि आमाले ...... , छोरीको कन्यादान गरेर मर्ने आमाको घिडघिडोलाई कहिलेसम्म लम्याउन सकुँला म । अब त पढाई पनि सकिन लाग्यो । बहाना नै सकिन लागे । बिहे गरे पछि बबिता दिदी मर्नु भो, म पनि मरें भने...... , धत् मलाई के भन्लान् यस्तो कुरा सुनाएँ भने ।" उसको मनोवादको कुनै निष्कर्ष निस्कदैन । "आफ्नै घरमा त्यत्रो घटना घट्दा पनि छोरीलाई बिहे गरेर अर्काको जिम्मा लगाउन हाम्रो खान्दानलाई अलिकति पनि डर छैन । छोरी मरेर के हुन्छ र <" मनमनै बोल्दै आक्रोशमा कोठाको ढोका ढप्काउँछे उ । "सरू , साँच्चै बबिताका दुलाहा त अर्को विवाहका लागि पल्लो घरका रमेशकी भतिजीसँग पो कुरा चलाउँदै छन् रे !" ढोका बाहिरबाट सरुले आमा बोलेको सुनी । घरमा सरु बाहेक दिनभर को नै हुन्थ्यो र यस्ता खबर सुनाइहाल्न पाइने । त्यसैले केही नयाँ कुरा सुनिन् कि सरुकी आमा दौडिदै उसलाई सुनाउन आईपुग्थिन् । "के भयो < किन यसरी मुख बिगार्नु भएको <" बन्द ढोका उघार्दै सरूले सोधी । "के हुनु म मन्दिरबाट फर्किदा रमेशकी श्रीमतीले सुनाएकी हाम्रा बबिताका दुलाहा अर्को विवाहका लागि उनीहरूकै भतिजीसँग पो कुरो चलाउँदै छन् अरे । कस्ता मान्छे रहेछन् , पहिलो पटक बेहुलो भएर आएको आँगनकै चार घर पर्तिर कसरी दोस्रो बिहेको कुरा चलाउन सकेका !" सरुकी आमाले प्रतिक्रिया जनाईहालिन् । "लाज नभएकाहरू , समाजको मर्यादा कसरी राख्ने भन्ने सामान्यज्ञान नभएकाहरूसँग कसको के लाग्छ र !" सरु बोली । "कुरो मात्र चलाएर के भो र ,कसले देला छोरी तिनीहरूलाई । बबिताले आत्महत्या गरेको केटीका सारा खान्दानलाई थाहा छ । त्यस्तो थाहा पाउँदा पाउँदै कसरी दिन्थे <" सरुकी आमाले छोरी दिदैनन् भन्ने ठहर गरिन् । विवाह प्रसङ्गले एकै दिनमा सारा टोल ढाक्यो । छरछिमेकमा त्यसैबारे चर्चा चले । आखिर बिहे गर्ने निष्कर्षमा पुगे केटी पट्टीका । इन्जिनियर त्यसमा पनि विदेशमा बस्ने । उनीहरू पनि बबिताकै बुवा जस्तै लोभिएको अन्दाज गरिन् सरुकी आमाले । आफ्नै घरको मूलबाटोबाट आफ्नै छिमेकीकी छोरीलाई आफ्नै ज्वाईंले दुलही बनाएर लगेको सरुका ठूलोबुवाले अश्रुधारा पिएर स्वीकारे । त्यो घाउ बनेर बस्यो उनको मुटुमा । सरुलाई पनि त्यस दिनभरी बबिता दिदीको मात्र याद आइरह्यो । उसलाई थाहा छ यो साल जसरी पनि उसको विवाह हुनेछ । तर किन -किन विवाहप्रति उसको वितृष्णा बढ्दो छ । ऊ व्यक्त गर्न सक्दिन । घृणा चुलिदो छ पुरुषप्रति । यस्तो अवस्थामा ऊ कसरी आफूलाई कसैसामु सुम्पिन सक्छे < यो प्रश्नको जवाफ ऊ कसैबाट पाउन सक्दिन । "केटा पट्टीबाट केटी मनपराए अब टीकाटालोको दिन जुराउनु अरे भनेर पण्डित खबर दिएर गए ।" आमाले निकै सतर्कतासाथ सरुलाई सुनाइन् । बिचरीले घर भाडामा खोज्दै आएको बहानामा उसले आफूलाई नियालेर गएको पत्तै पाएकी थिइन । पछि घरमा कुरा चल्दा पो उसका हातखुट्टा लुला भएका थिए । बुवा कट्टर परम्परावादी भएकाले केटा मन पर्žयो परेन भनि प्रतिवाद गर्ने प्रश्नै उठ्दैनथ्यो त्यहाँ । त्यसैले केटा देख्नु र नदेख्नु एकै थियो उसका लागि । तैपनि आमाको खबरले खै किन ऊ निस्सासिए झैं भएकी छ । उसलाई सास फेर्न असजिलो महशुस भैरहेछ । "वातावरण प्रदूषित भएछ ।"आफ्नो तर्क प्रति आफैं विश्वस्त हुन्छे । "सबै स्वार्थी छन् कसलाई के पर्वाह !" मन उदाश भएको छ उसको "कतै मलाई ऐठन भएको त होइन < ऐठन हुँदा पनि सास फेर्न अफ्ठ्यारो हुन्छ भन्छन् । पहिले त कहिल्यै यस्तो भएको थिएन ।" उसको मानसपटलमा तुरुन्त अर्को शंका पैदा हुन्छ । "यसरी मनले शंका मात्र पैदा गराउनु त मानसिक रोगको संकेत भन्छन् शायद त्यस्तै त होइन <" एक पछि अर्को गर्दै मनभित्र अर्न्तद्वन्द्वको सृजना हुनु स्वाभाविक नै त थियो । असन्तुष्टिहरू खुलेर कसैसँग राख्ने ठाउँ नपाउँदा उसका विचारमा नकारात्मक रेखाहरू मात्र खिचिनुलाई ऊ सामान्य ठान्छे । घरमा बिहानैदेखि चहलपहल देखिन्थ्यो । सरुलाई सिङ्गारिएको थियो । पाहुनाको स्वागतका लागि रङ्गीचङ्गी पालले मञ्च सजाइएको थियो । निम्त्याएका आफन्तहरूको ठूलै जमघट थियो । सबैजना कसैको पर्खाईमा मूलबाटोमा आँखा लगाइरहेका थिए । मध्यान्न भएको थियो आँगनमा गाडी रोकिएको आवाज सरुले सुनी । घरमा जति-जति चहलपहल बढ्थ्यो उसको मन भने उति नै निराश थियो । "लौ टीकाटालोको बेला भयो केटीलाई बाहिर ल्याउनु पर्žयो ।" तुरुन्तै बाहिरबाट कसैले बोलेको सुनियो । उसलाई एक अपरिचित पुरुषको छेवैको कुर्सीमा लगेर राखियो जो उसको हुनेवाला जीवनसाथी थियो । उसका आँखाहरू आफैं झुकेका थिए शायद एक असल नारी हुनुको परिचय हो त्यो । जिन्दगी सुम्पनु पर्ने त्यस पुरुषलाई एक झलक अझै हेर्न सकेकी थिइन उसले । सरुलाई यति थाहा भएको छ कि ऊ ठुलो अस्पतालको डाक्टर हो अरे । आफ्नो उपस्थितिलाई झुम्राको पुतलीसँग दाँज्दा-दाँज्दै उसलाई पत्तै भएन उसका औंला कसैले दिएको औंठीले सजिइसकेछन् । ऊ भित्रको शून्यताले कसैलाई केही फरक परेन । अन्ततः टीकाटालो धुमधामले सकियो । विवाहको मिति पनि तोकियो । कार्ड छापिए । निम्ता बाँडिए । बेहुला र बेहुलीका कपडा , गरगहना भित्रिए । दाइजोका सामानहरूले घर भरियो । सम्पूर्ण तयारी सकियो । केही दिन मात्र बाँकी थियो उसलाई अन्माउन । "अब के गर्ने हो ...... - दुलहाकी भाउजुले हिजो राति आत्महत्या गरिन् अरे दुलहाका मामाले फोन गरेका ।" सरुका बुवा आत्तिदै कोठा बाहिर निस्किए । सरु जडवत् भई । टीकाटालोको दिन उसको कोठामै आएर बिदा मागेर गएकी शिक्षित सुन्दर नारीले आत्महत्या गरिन् भन्दा उसलाई विश्वाश गर्न असाध्यै गाह्रो भयो । अनेकौं नारीहरूका आत्महत्याका अज्ञात भूतहरूले लामो समयदेखि घर बनाएको मानसपटलमा अर्को एक घर थपिन गयो । बलियो जग हालेका ती घरहरू संत्रास पूर्ण भए । दुर्घटनाको कुराले घरका सबैमा अन्योल छायो । आखिर दुलहाका तर्फबाट अर्को खबर नआउन्जेल केही काम अघि नबढाउने निधो भयो । "अब बिवाहको साइत पन्ध्र दिन पछाडि सरेको छ ।" घटनाको चार दिन पछि साँझ घर आएका पण्डितले अर्को साइत पन्ध्र दिन लम्बिएको बताउँदा सरु भने कोठाको भ्यालबाट देखिएको सूर्यास्त हेर्दै आफ्नो जिन्दगीका आउने दिनहरू गन्दै थिई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *