Skip to content

महकवि देवकोटाका निबन्ध

हामीलाई कवितामा के चाहिन्छ ?

  • by

कवि खालि केमेरा होइन, त कविता फोटो। यद्यपि हामी फोटोलाई कला भन्ने मान्छे पाउँछौँ । चित्रण यान्त्रिक नभए आजसम्म यथार्थवादी कविता संसारले सहेकै छ । मजा लाग्ने उदाहरण पनि पाइन्छन्। तर जहाँ यथार्थवादी कविताले रुलाउँछ, त्यहाँ बाहृय प्रकृतिको फुस्रो चित्रण छोडेर आभ्यन्तरिक हृदयानुभूतितिर डुबेको देखिन्छ । हृदयको रङ राम्ररी नदेखिने कवितालाई हामी ठूलो दर्जा दिन सक्तैनौँ । शब्दले फूल उतार्नु-रङ र रुप साथमा, केही कला हो।