Skip to content

www.facebook.com

उत्तर खोजिरह्यौ

फूल भन्यौ, सुवास सकियो,भुल भन्यौ
मुल भन्यौ, रित्तिए म,प्रतिकुल बन्यौ ।।

उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ ।
जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

जुन भन्यौ, दाग देखाइ,बाटो लाग्यौ ।
सुन भन्यौ, पित्तल थमाइ,कहाँ भाग्यौ ।।

मन भन्यौ, अघायो साईनो नयाँ जोड्यौ ।
तन भन्यौ, भोग मेटियो यसलाई छोड्यौ ।।