Skip to content

बसन्त कुमार श्रेष्ठ'क्षितिज'

एक हुल साँढेहरू !

अर्थ्याउन, बर्थ्याउन, घिच्रो तेर्साउन सक्ने
एक हुल साँढेहरू बिजुली पानी चुम्दै, झुल्दै
चारै खुट्टाले दाँया बाँया भित्तो नाप्दैछ ।
साँढे-डुक्रन्छ
साँढे-उफ्रन्छ
साँढे-लेघ्रो तान्छ
साँढे-तिघ्रो उचाल्छ ।।

जोत्न नमिल्ने-साँढे
पोत्न नमिल्ने-साँढे
हानेर
डुक्रेर
सिङौरी खेलेर
धुलो उडाएर
अरुको अस्तित्वलाई पटक्कै मान्दैन ।

उडान


सौम्य
गगनमा कावा खाँदै
पवनको बेगसँगै एक हुल
शान्ति दुत
स्यम्भुका निश्चल,शान्त र
निश्कंलक आँखाहरूमा उत्साह भर्दै
पशुपतिको घण्टासँगै
टङ्ग,टङ्ग,टङ्ग स्वर घ्वनीमा
उत्प्रेरणाको शङ्खघोष गर्दै
नयाँ आकाश,आकार,आकाक्षाको सदबीउ छर्दै
बुद्धका दुई आँखा ज्ञान र शान्ति भर्दैछ ।।
आज उडान भरी अंहकारले आत्माहत्या गर्दैछ ।।

गजल

किन झुक्यो नजर भन्थे,लाजले पो रैछ ।
किन काप्यो ओठ भन्थे,मातले पो रैछ ।।

बैसाखको गुराँस झै,बैस फुल्न थाल्यो
किन बज्छ संगीत भन्थे,बातले पो रैछ ।।

नागबेली चाल गरि,हिड्छ्यौ मस्की मस्की

उत्तर खोजिरह्यौ

फूल भन्यौ, सुवास सकियो,भुल भन्यौ
मुल भन्यौ, रित्तिए म,प्रतिकुल बन्यौ ।।

उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ ।
जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

जुन भन्यौ, दाग देखाइ,बाटो लाग्यौ ।
सुन भन्यौ, पित्तल थमाइ,कहाँ भाग्यौ ।।

मन भन्यौ, अघायो साईनो नयाँ जोड्यौ ।
तन भन्यौ, भोग मेटियो यसलाई छोड्यौ ।।

अन्जान पथिक

एउटा
अन्जान पथिक
तिम्रो शहरमा
व्यस्त शहरमा
काकाकुल शहरमा
चलायनमान मेसिनहरुको करौतीले
मानवीय रेटिएको शहरमा
आशङ्काले घेरिएको शहरमा
जड र स्थिर शहरमा

शुभ कामना !

पश्चिमतिर सुने
औंला भाँची गुने
बिचरा मेरा दुई भाइको ह्त्या गरिएछ ।
पाशविक, दर्दनाक हत्या गुरुको छोरालाई
तीन तीन चोटि पक्रिएको रैछ असत्ति मोरालाई ।।
छापाहरूमा आजकल चित्कार देख्छु ।
मनभित्र गाडिएको तरबार देख्छु ।।
बेइमानी रजाइँ हुने काँडाबार देख्छु ।।।
कवि हुनुको नियति कला सकिए म कसरी कलात्मक शुकामना दिऊँ ।।

लैजाउ

आकाश धर्तीको के राख्नु सम्बन्ध हाम्रो
डोरी म तोड्छु,तिमी नयाँ बाटो लैजाउ ।।
क्षितिज शहर छोडि टाढा-टाढा जादैछ
दु:ख मेरो भागमा,सुखको पाटो लैजाउ ।।

गहभरी बिषादि पालेर,परेली नभिजाउ
आत नभिजेन, एक झरी बर्षात लैजाउ ।।
उपवन सधैं ढकमक्क भईरहोस् तिम्रो
मन चुडेर दिएको छु,यो सौगात लैजाउ ।।

लोकतन्त्र

एउटा मजदुरले
आफ्नो श्रम,सिप र जागर बेच्यो
ठेकेदारले सिमेण्ट,वालुवा,गिटी घिच्यो ।।
यसपाली बिचरा मजदुरलाई
बल्ल बल्ल दसैं आएको छ ।
ठेकेदारलाई सधैं दसैं भएको छ ।।

साहुको
तमसुकमा
ल्याप्चे हानी दुई हल गोरु
सयकडा पाँचमा सुत काटे
दिन,रात,महिना,बर्ष र जुगसम्म
उस्को घर खेत बन्धकी साहुले फिर्ता दिएन ।
बैक,सहकारी,फानाइन्समा छिर्न बिचरासँग चप्पल थिएन ।।

मानिस खोजिरै’छु !

स्वाभिमानी हाम्रो छबि,उच्च पार्न सक्ने
अनिर्णय बन्दीबाट देशलाई तार्न सक्ने
हक्की बोल्ने सच्चा ,मानिस खोजिरै’छु !
कचिगलको दलदलबाट पारी सार्न सक्ने ।।

सहकार्य,सहमतिको बिचार बोक्न सक्ने

BasantaShresthaKshitiz-02

जमुने

म तिम्रो इशारामा नाच्नुको बिकल्प छैन
कारण पनि छैन
तागत पनि छैन
जमुने ! सलाम गर त
आदेश मालिकको जस्को बन्धनमा छु ।
जमुने ! नाचेर देखा त
आदेश अन्न दाताको जस्को भरमा बाच्छु ।।
अलिक दु:ख लाग्छ,
लाठी उस्को हातमा डरमा हास्छु ।।

आन्दोलित मन

किसान मल नपाएर आन्दोलित छ ।
फोहोर ढल नपाएर आन्दोलित छ ।।
विद्रोहको स्वरहरु सुनिदैछ क्षितिजतिर
जनता हल नपाएर आन्दोलित छ ।।

देश निकास नपाएर आन्दोलित छ ।
जनता बिकास नपाएर आन्दोलित छ ।।
कर्णालीको भुखमरीले केन्द्रलाई छुदैन
शहर प्रकाश नपाएर आन्दोलित छ ।।

आमा

मझेत्रोले
आँखा छोप्दै,
आँखा खोल्दै,
गुलेलीमा मट्याग्रो राखी,खेल्ने बच्चाहरु हेरेर
मेरो आकृतिलाई खोज्दैछौ आमा ।

गहभरी
साउने भेल बोकेर,
बिषादीको मुस्लो राखेर,
स्कुले बच्चाहरु उफ्रदै,खेल्दै देखेर
यो’क्षितिज’को कल्पना गर्दैछौ आमा ।

Basanta Shrestha

छेपाराहरु

यत्र
तत्र
सर्वत्र

एक हुल छेपाराहरु नारा बोकेर
एक हुल छेपाराहरु नाडी ठोकेर
एक हुल छेपाराहरु सत्ता घोकेर

शान्ती रोक्दै
बिकास छेक्दै
सहमती तोड्दै अगाडि बढ्दैछ ।

कोही घरमै बढेका छेपाराहरु

ललकार

हिसाब तिम्रो
किताब तिम्रो
न्याय अनि निसाफ तिम्रो

तैपनि न्यायलयमा रिट हालेको छु ।

थाहा छ, वकालत गर्ने वकिल तिम्रो, नक्कली दसी तिम्रो ।
निसाफ हुँदै हुँदैन मेरो पक्षमा, निर्णय लेख्ने मसी तिम्रो ।।

गाह्रो भो

यति बढे तिम्रो प्रहार, थेक्नै गाह्रो भो ।
शरीरभरि फोक्कै फोका, सेक्नै गाह्रो भो ।।

अधरभरि पराइ डुल्यो, नजरभरि पर्दा
मनको आँखा उघारेर, देख्नै गाह्रो भो ।।

घरमा आगो सल्काएर, तिमीले डेरा सर्दा
पीरमाथि पीर थप्यौ, खेप्नै गाह्रो भो ।।

पत्थर

जब खहरेले मलाई तिम्रो बारेमा साउती गर्दै केही सुनाए म जाबो पत्थरको के मुटु हुन्छ ? भनी पन्छिए,जब लतिकाले हौसिदै तिम्रो व्याख्या गर्न लागे म आँफै ‘म पत्थरको देबता होइन भन्दै दीप श्रेष्ठसँग गुनगुनाए’ जब मेरा खुट्टाका औलाहरु पत्थरसँग साक्षात्कार भए अनि बगेको रक्तको प्रभाव नगरी म पत्थरसँग बात गर्न लागे ।

मेरो आड,
मेरो भरोसा,
मेरो अस्तित्वले
जगत छ,तिम्रो जीवन छ,

फगत्

कहिले देबता भई तिम्रो शिरमा हुन्छु ।
कहिले तुच्छ पत्थर भई भिरमा हुन्छु ।।
आलिगन र बरखिलाफको दोधारमा हुन्छु ।।।
तैपनी,चुपचाप । म पत्थर ।।

आउछु

छातीमा राज गरी,
हाम्रो मतको दुरुप्रयोग गर्दै
कहिले दिल्लीको ललिपप चुस्छौ रे ?
कहिले अमेरिकाको तलुवा पुस्छौ रे ??
कहिले बेझिङगको गुनगान गाउछौ रे ???

उपलब्धि

विश्वासले
आँखै अगाडि आत्मदाह गरे ।
भरोसाको
छातीमा छुरा रोपे ।।
आस्थाको
बीच बजारमा लिलाम गरे ।
ईज्जतसँग
जसरी मनलाग्छ खेलबाड गरे ।।

फगत मेरो जीवन

हरेक मौसम मेरा लागि श्यामश्वेत फ्रेममा
न त स्वाद बन्दछ न त रगीन नै बन्दछ ।
उस्तै बिहान र उस्तै रात्री उही उजाडपन
खाली घोच्ने तिखो सगिन बन्दछ ।।