फूल भन्यौ, सुवास सकियो भुल भन्यौ
मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।।
उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ ।
जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।
जुन भन्यौ, दाग देखाइ बाटो लाग्यौ ।
सुन भन्यौ, पित्तल थमाइ कहाँ भाग्यौ ।।
मन भन्यौ, अघायो साईनो नयाँ जोड्यौ ।
तन भन्यौ, भोग मेटियो यसलाई छोड्यौ ।।
नयन भन्यौ, आँखी भए तिमी बढ्यौ ।।
फूल भन्यौ, ओइलाए कुल्ची हिड्यौ ।।
सुवास भन्यौ बासी भए अत्तर खोजिरह्यौ ।
मन मानेन र निष्ठुरीको उत्तर खोजिरह्यौ ।।
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

क्षितिजजी, विरोधाभाषपूर्ण
क्षितिजजी, विरोधाभाषपूर्ण भनाइले भरपूर कविता सृजना गर्नुभएकोमा बधाइ छ । कविताको हरफको अर्थ हरफमा छैन तर विरोधाभाषमा अन्तर्निहित छ । राम्रो लाग्यो मलाई । मेरो विचारमा अल्पविराम चिन्हको प्रयोग चाहिँ अलि कम नै गर्नुभयो कि जस्तो लाग्यो । कि यो कुनै शूत्र वा छन्द हो कि, मलाई थहा भएन । यदि त्यसो हो भने माफ पाउँ है ।
यसो गर्दा कसो होला ? – फूल भन्यौ, सुवास सकियो, भुल भन्यौ । भुल भन्यौ, रित्तिएँ म, प्रतिकूल बन्यौ ॥ अथवा, फूल भन्यौ, सुवास सकियो; भुल भन्यौ । मुल भन्यौ, रित्तिएँ म ; प्रतिकूल बन्यौ ॥
सुशील सुब्बा
सुशिलजी हार्दिक धन्यवाद । यो
सुशिलजी हार्दिक धन्यवाद । यो माया,प्रेम र सदभावको निम्ति । हजुर मार्गनिर्देशनलाई मनले बिचारे र धेरै ठाउँमा ठीक पाए । हार्दिक आभारी रहे । आगामी दिनमा पनि सुझाव र यो साथको आश राखे ।