Skip to content

www.khasskhass.com

नयाँ घर [लघुकथा]

नयाँ घर बन्ने कुरा सुने पछि केटाकटीहरू खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सबैजना रमाए । अचेतन मनभित्र एउटा आसा पाले । आहा ! नयाँ घर बन्ने भो । नयाँ घर बनेपछि हामीहरूले पनि एउटा एउटा कोठा पाउनेछौ । आफ्नै कोठामा हामी पनि रमाएर वस्ने छौ ।

त्यति मात्र होइन उनीहरू नयाँ घरको नयाँ कोठालाई कसरी सजाउने । टि भी कता राख्ने । पलङ कता राख्दा ठीक होला । झ्याल कता फर्काउदा राम्रो होला भन्ने वारेमा सोच्न थाले ।

दशै हो कि दशा ! (लघुकथा)

“बुबा, मलाई एक जोडी टिसर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैंको डिमाण्ड तेर्स्याइन ।

“मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।” ठूली कान्छीको यो डिमाण्ड हो यो ।

कान्छी छोरीको डिमाण्ड भने लुगा-फाटातिर नभएर दशैंमा खसी ल्याउनेतर्फ केन्द्रित थियो । उनी भन्दै थिइन – “मामु बाबालाई यसपटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याईसके । दशैंमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ । दशैंमा मार त हान्नै पर्छ नत्र त दशैं आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशैं आए झैं लागेन ।”