Skip to content

युवामञ्च २०६५ साउन

मृत्यु संस्कारको परम्परा के कस्तो ? -त्रिचन्द्र प्रतीक्षा

मानिसको जन्मपछि मृत्यु अवश्यंभावी छ । मानिसको जीवन आमाको कोखबाट जीवन आरम्भ यो हाम्रो भौतिक शरीरको अन्त्य मृत्युवाट समाप्त हुन्छ ।
हाम्रो हिन्दू धर्म परम्परा अनुसार मानिसको जन्मदेखि मृत्युसम्म १६ संस्कार हुने गर्दछ, जसमा अन्तिम संस्कार अन्त्येष्टि संस्कारलाई अन्तिम मानिन्छ । हाम्रो देशका विभिन्न जनजातिहरूमा आ-आफ्नो धर्म परम्परा रीतिअनुसार मृत्यु संस्कारलाई पुरा गर्ने गरिन्छ । नेपालका केही जातिहरूले गर्ने अन्तिम संस्कारको बारेमा थाहा पाउने हैन त ?