म स्वास्निमान्छे भए के गर्थे ?
माथि को यो शिर्शक पढे पछी सबै ले मलाई गाली गर्नु भयो होला । यो त देवकोटा को निबन्ध को शिर्शक हो, यो फठाहा भएछ । लेखाईमा पनि यस्तो चोरि चकारी अनी फट्याँई गर्नु हुन्छ । यो त सरासर बेईमानी हो । म पुरुष हुँ । मैले चाहेको गर्न सक्छु किनकी मलाई समाजले तेती सहजता दिएको छ । मैले चाहे भने अघी को कुनै यूग अनी पछी आउने कुनै यूग लाई हाँक्न सक्छु । म यो निम्बन्ध भरी स्वास्निमान्छे हुन चाहन्छु । म तपाईं को आँखा ले मलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहन्छु र यो पढि सकेपछी भन्नु होला क्याबात !
