अभीष्टको खोजः एक अवलोकन
अभीष्टको खोजः एक अवलोकन
पारसमणि शम
‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र पूर्वानुमानको बञ्चरोले नढालिदिनू|’ उपन्यास यिनै वाक्यबाट शुरू भएको छ| यस लेखमा उपन्यासकार भीम दाहालको आग्रहलाई स्वीकार्दै कुनै पूर्वाग्रहबिना ‘अभीष्ठको खोज’-को अध्ययन गरी संक्षिप्त चर्चा गरिने कोशिश यस लेखकको रहनेछ| नितान्त नवीन परिपाटीमा यो लेखक उपन्यासको आलोचना गर्ने कोशिशमा छ|
