Skip to content

भावनाका कोसेली

अनुरोध

गीत लेख्छु, संगीत भरिदेऊ
कविता रच्छु,वाचन गरिदेऊ
चित्र र्कोछु,रंग्याईदेऊ
हामी दुवैको मिलनले
दीन दुःखीलाई शिक्षा देओस
त्यही काम गरौ
जसले उनीहरूलाई
प्रेरणा मिलोस

कामना

निश्चल तिम्रो मनले
गरिदिन्छ निवारण निराशाको
कामना गर्दछु भै उदाउ
प्रकाश चारै दिशाको
ती तिमीले चुनेका बाटोहरूमा
सफलताले चुमिरहोस
दुरदर्शीहरूले पनि तिम्रै नामको
गीत गाइरहोस्