Skip to content


निश्चल तिम्रो मनले
गरिदिन्छ निवारण निराशाको
कामना गर्दछु भै उदाउ
प्रकाश चारै दिशाको
ती तिमीले चुनेका बाटोहरूमा
सफलताले चुमिरहोस
दुरदर्शीहरूले पनि तिम्रै नामको
गीत गाइरहोस्
देखाई आफ्नो दक्ष पार आफू
नगिच सबैलाई आफ्नो पक्ष
ज्ञानको सुवास ती छर्की मगमगाऊ धर्ती
सदैव चट्याङ्गदेखि तर्की
आफ्नो अमिट आवास
बचाइ गराउ सबैलाई भर्ती
दूधको दूध पानीको पानी
छुट्याउने तिम्रो दृष्टिपात
असक्तहरूलाई समाइ डोहोर्याउने
ती दुई हात
अटल रहोस हिमाल झैं
कामना गर्दछु बाँची देउ
प्रभातको किरण झैं
जहाँ पुगे पनि तिम्रो अर्चनामा
हुने छैन कमि
तिमीले दिएको ज्ञानलाई
बनाई राख्नेछु पानी–पानी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *