विश्वमा नभएको कीर्तिमान नेपालमा(२)
नेपालमा मात्र खेलिने हात्ती पोलो
विश्वकै अद्भूत र अनौठो मानिने खेल ‘हात्ती पोलो’ नेपालमा मात्र खेलिन्छ ।
हात्ती माथि बसेर ‘टि’ आकारको लौरोको सहाराले सानो बललाई हिर्काएर एकले अर्कोको गोलपोष्ट तर्फ हिर्काएर खेलिने हात्ती पोलो खेल चितवनको मेघौलीमा मात्र खेलिन्छ ।
विश्वभरिमै अद्भूत र अनौठो मानिने यो खेल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर ट्रप्स होटेलको व्यवस्थापनमा विश्व हात्ती पोलो संघले सन् १९८२ देखि गर्दै आएको छ ।
हरेक वर्षविश्वकप हात्ती पोलोको आयोजना गरिन्छ र यसमा विभिन्न राष्ट्रहरुले भाग लिने गर्छन् ।
विश्वकै अग्लो स्थानमा अवस्थित वैज्ञानिक अनुसन्धान केन्द्र
