Skip to content

जनभावना साप्ताहिक

तिमी र म

बिर्सिदियो नभन प्रिय !
अनेकौ अनेकौं सपनामा कहालीए
निस्तब्धताले छाएको रातभरि
तिम्रो यादका असह्य यातना खपेको हुन्छु ।।१।।

त्यो अतितको झिल्को
सुनसान रातमा बलिरहेको बेला
म चिच्याइरहेको हुन्छु
बेइमानी, धोकेबाज स्वार्थी
तिमी मात्रै मेरो म तिम्रो लागि जन्मेको
कहाँ गए ती सुकिला वचन? ।।२।।

निरन्तर याद

हो म जान्दछु
तिम्रो आँखाको नानीबाट
टाढा हुनु थियो
टाढा भइदिएको छु अब
तर नसम्झिदिए है मायालु
यहाँ फुल्ने मात्र होइन
तर र्झन पनि साह्रो छ

अमर प्रेम

”सृजना घरमा हुनुहुन्छ?” मेरो यस प्रश्नले रुमी झस्किन्छे ।

”सृजना दिदी यहाँ हुनुहुन्न दिदी त आफ्नै घर बुटवलमा बस्नुहुन्छ । बस्नुसन्. कति कामले आउनु भा’को ।”

”सृजनाको विवाह भैसक्यो?” मेरो प्रश्नमा रुमी भन्छिन्, ”हो भैसक्यो, अब त दिदीको बच्चा पनि भैसक्यो ।” रुमीको त्यस्तो कुरा सुनेपछि मलाई सपना हो वा विपना हो छुट्याउन गार्‍हो लाग्यो ।