जनभावना साप्ताहिक
अमर प्रेम
”सृजना घरमा हुनुहुन्छ?” मेरो यस प्रश्नले रुमी झस्किन्छे ।
”सृजना दिदी यहाँ हुनुहुन्न दिदी त आफ्नै घर बुटवलमा बस्नुहुन्छ । बस्नुसन्. कति कामले आउनु भा’को ।”
”सृजनाको विवाह भैसक्यो?” मेरो प्रश्नमा रुमी भन्छिन्, ”हो भैसक्यो, अब त दिदीको बच्चा पनि भैसक्यो ।” रुमीको त्यस्तो कुरा सुनेपछि मलाई सपना हो वा विपना हो छुट्याउन गार्हो लाग्यो ।
